पर्वतारोहण संघको निर्वाचन अगष्ट ५ मा

अध्यक्षका लागि ४ जना प्रत्यासी

स. सम्वाददाता
नेपालको एकमात्र राष्ट्रिय अल्पाइन क्लब नेपाल पर्वतारोहण संघको निर्वाचन धकेलिंदै अगष्टमा पुगेको छ । मे मै हुनु पर्ने निर्वाचन आरोही र देशको स्थानिय निर्वाचनको कारण देखाउँदै धकेलिंदै गएको निर्वाचन जुलाई २९ मा गर्ने अध्यक्ष आङछिरिङ शेर्पाले बताउँदै आएपनि कार्यसमिति भित्रका केही व्यक्तिहरु विदेश भ्रमण र आफ्नो निजी काममा व्यस्त हुने भएकाले निर्वाचन एक हप्ता पछि धकेलिएको श्रोतको दावी छ । निर्वाचनको मिति अझै नतोकिएकाले यसै भन्न नसकिए पनि अगष्टको पाँच तारिख निर्वाचन हुने बताइएको छ ।

निर्वाचनको मैदानमा संघको नेतृत्व लिनका लागि ४ जना प्रत्यासी उम्मेदवार सदस्यहरु माझ छलफलमा व्यस्त छन् । उनीहरुले नेपाल पर्वतारोहण संघको वर्तमान अवस्थामा आफु अध्यक्षका लागि उपयुक्त उम्मेदवार भएको बताउँदै आएका छन् । अध्यक्षका प्रत्यासी उम्मेदवारहरुमा जिम्बा जाङ्बु शेर्पा, सन्तविर लामा, भूमीलाल लामा निमा नुरु शेर्पा रहेका छन् ।

उनीहरु आफ्नो उम्मेदवारी बलियो रहेको भन्दै पर्वतिय पर्यटनमा लामो समय बिताएका अनुभवी एवं साधारण सदस्यहरुबिच छलफल गरिरहेका छन् । नेपालको पर्वतिय पर्यटनको प्रवद्र्धन र विकासमा सक्रिय नेपाल पर्वतारोहण संघलाई नेपाल सरकारले ३३ वटा पिकको शुल्क उठाउने जिम्मेवारी दिएको छ । हाल संघले २७ वटा पिकको मात्र शुल्क उठाइरहेको छ । ति पिकहरुबाट उठेको शुल्क पर्वतिय पर्यटनको प्रचार–प्रसार एवं प्रवर्द्धन र हिमाली क्षेत्रको सरसफाई एवं संरक्षणमा लगानि गरिरहेको छ । संघले दोस्रो चरणमा प्राप्त गरेका हिमालहरु प्रत्येक पाँच वर्षमा नविकरण गर्नु पर्ने व्यवस्था भए अनुरुप ति पिकहरुको नविकरण गर्नु अर्को चुनौति नयाँ कार्यसमितिमा रहेको छ ।

हाल अध्यक्षका लागि ४ जना व्यक्ति मैदानमा उत्रिए पनि अन्तत्वगत्वा दुई जना मात्र चुनावी प्रतिस्पर्धामा भाग लिने साधारण सदस्यहरु बताउँछन् । प्रत्यासी उम्मेदवारहरु पर्यटन क्षेत्रका राजनैनिक समूहसंग आफ्नो उम्मेदवारी उपर समर्थन जुटाउन लागि परेका छन् । माओवादी समर्थित पर्यटन व्यवसायिहरुको संगठनले पर्यटन व्यवसायि गणेश सिम्खडाको नेतृत्वमा एक समिति बनाई पर्वतारोहण संघको निर्वाचनमा छलफल अगाडि बढाएको छ । नेपाल पर्वतारोहण संघमा सर्व–सम्मत नेतृत्वका लागि आपूmले पहल गरेको गणेश सिम्खडा बताउ“छन् ।

त्यस्तै नेकपा एमाले समर्थित पर्यटन व्यवसायिको संगठनले पनि पर्यटन व्यवसायि सिताराम सापकोटाको नेतृत्वमा एक समिति बनाएको छ । निर्वाचनको मिति तोकि नसकेकाले छलफलले मूर्त रुप लिन नसकिरहेको सिताराम सापकोटाको भनाई छ । त्यस्तै नेपाली कांग्रेश समर्थित पर्यटन व्यवसायिले पनि भित्रभित्रै छलफल चलाइरहेको छ ।

पर्यटन क्षेत्रमा राजनिति बढि हावी हु“दै गएकाले पर्यटन संघ–संस्थाहरुले आफ्नो उद्देश्य अनुरुप कार्य गर्न नसकिरहेको र राजनिति पार्टीको दवावमा संस्था चल्ने गरेको हुँदा राजनितिक हरुतक्षेपलाई निस्तेज गर्नु पर्ने एकाथरी व्यवसायिहरु बताउँछन् । नेपाल पर्वतारोहण संघको नजिकिएको निर्वाचनमा पनि राजनिति पार्टीको समर्थन भन्दा पर्वतिय पर्यटन व्यवसायिको समर्थनमा उम्मेदवार मैदानमा उत्रनु पर्ने व्यवसायि बताउ“छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest