स. सम्वाददाता
राष्ट्रिय एकताका प्रतिक पृथ्वी नारायण शाहको तस्विर विश्वको सर्वोच्च शिखर सगरमाथा पुर्याइएको छ । रुकमाङ्गद कटुवाल ट्रष्टको पहलमा शेर्पा शेफर्ड्स प्रा.लि. का निर्देशक किर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पाले २०७४ जेष्ठ ६ गते विहान ६ बजे पृथ्वी नारायण शाहको तस्विर सहित नेपालको राष्ट्रिय झण्डा र नेपाली सेनाको झण्डा सगरमाथा शिखरमा फहराएका हुन् ।
साहसि आरोही पेम्बा दोर्जे शेर्पालाई काठमाडौंमा आयोजित एक समारोहमा नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले सम्मान गर्नु भएको छ । पूर्व प्रधानसेनापति रुकमा·द कटुवाल ट्रष्टले आयोजना गरेको कार्यक्रममा प्रधानसेनापति क्ष्ँेत्रीले सम्मानपत्र प्रदान गर्नु भएको हो । कार्यक्रममा विना अक्सिजन सगरमाथाको १० औं पटक आरोहण गरी विश्वकिर्तिमान कायम गर्न सफल प्रसिद्ध आरोही आङरिता शेर्पालाई प्रधानसेनापति राजेन्द्र क्षेत्रीले विश्व किर्तिमानको प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो । साथै कार्यक्रममा किर्तिमानी आरोही कान्छीमाया तामाङ, माया गुरुङ, टेम्बाछिरी शेर्पा, फुर्वा तेञ्जिङ शेर्पा र निजामति कर्मचारी सगरमाथा आरोहण दलमा सम्लग्न भई सगरमाथा आरोहण गर्ने ज्ञानेन्द्र श्रेष्ठलाई प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सम्मानपत्र प्रदान गरी सम्मान गर्नु भएको थियो । कार्यक्रममा पर्यटन क्षेत्रमा विशेष योगदान पुर्याउनु भएका योजना आयोगका पूर्व सदस्य डा. गणेश गुरुङ, नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पा, दिनेश तामाङ र शेर्पा सेफर्ड्स प्रा.लि. लाई सम्मान गरिएको थियो ।
समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति राजेन्द्र क्षेत्रीले राष्ट्रको गौरव, राष्ट्रिय एकताका प्रतिक पृथ्वी नारायण शाहको तस्विर सगरमाथा शिखरमा पु¥याउने पेम्बा दोर्जे शेर्पालाई बधाई एवं धन्यवाद दिनु भयो । सदा राष्ट्र र राष्ट्रियताको पक्षमा उभिएको नेपाली सेनाले नेपाललाई कदापि विखण्डन हुन नदिने दृढता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा किर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पाले आफुले सगरमाथा आरोहणमा गरेको किर्तिमानका बारेमा प्रष्ट्याउदै यसै वसन्त ऋतुमा पृथ्वी नारायण शाहको तस्विर सगरमाथामा पु¥याएको र आगामी दिनमा पृथ्वी नारायण शाहको मूर्ति सगरमाथा शिखरमा लगेर प्रतिस्थापन गर्ने लक्ष्य राखेको कुरा व्यक्त गरेका थिए ।
नेपालको स्वतन्त्रता र अभिवाज्यताका लागि नेपालीहरु एकवद्ध हुनुपर्ने कुरा व्यक्त गर्दै रुकमा·द कटुवाल ट्रष्टको अध्यक्ष एवं पूर्व प्रधानसेनापति रुकमाङ्गद कटुवालले राष्ट्रिय एकताका प्रतिक पृथ्वी नारायण शाहको तस्विर सगरमाथामा पु¥याउने आरोही पेम्बा दोर्जे शेर्पालाई बधाई दिनु भयो । साथै पेम्बा शेर्पाले पृथ्वी नारायण शाहको मूर्ति सगरमाथा शिखरमा प्रतिस्थापन गर्ने लक्ष्य राख्ने कार्य आपैंmमा राम्रो भएको बताउनु भयो ।
ट्रष्टका उपाध्यक्ष एवं वरिष्ठ पत्रकार युवराज घिमिरेले शिक्षामा पहु“च नभएकालाई अवसर प्रदान गर्ने लक्ष्यका साथ स्थापना भएको रुकमाङ्गद कटुवाल ट्रष्टले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको तस्विर सगरमाथामा पुर्याउन पेम्बा दोर्जेलाई तस्विर दिएर पठाएको र उक्त तस्विर सगरमाथामा पुर्याई ल्याएकोमा धन्यवाद व्यक्त गर्नुभयो । समारोहमा किर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पाले सगरमाथामा पु¥याई ल्याएको तस्विर प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा रुकमाङ्गद कटुवाल ट्रष्टका आजीवन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।