भिटोफद्धारा नुवाकोटमा रोपाईं कार्यक्रम

गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) नेपालले नुवाकोटको बुढीशेरामा असार १५ का दिन रोपाईं कार्यक्रम सम्पन्न गरेको छ । उक्त रोपाईं कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकर अधिकारीको पनि सहभागिता रहेको थियो । उनले हातमा धानको बिऊ लिएर रोपाईं गदै कार्यक्रमको उद्घाटन गरेका थिए ।

१५ असारको व्यस्त कार्यक्रम तालिकाकाबीच गाउ“ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) नेपालले आयोजना गरेको रोपाईं महोत्सवमा सहभागि हुन नुवाकोटको बुढीशेरा पुगेका अधिकारीले रोपाईंका साथै हिलो समेत खेल्न थालेपछि रोपाईं महोत्सवको वातावरण रोमाञ्चक बनेको थियो । कार्यक्रममा बोल्दै पर्यटन सचिव शंकर अधिकारीले रोपाईंलाई अब परम्परामा मात्र सिमित नराखी कृषी पर्यटनस“ग जोड्नु पर्ने बताएका थिए । भिटोफले गर्दै आएको रोपाईं कार्यक्रमले आफूलाई उत्साहित बनाएको बताएका थिए । कार्यक्रममा शिवपुरी गाउ“पालिकाका अध्यक्ष रामकृष्ण थापाले नुवाकोट धानको लागि प्रख्यात रहेको भन्दै भिटोफले कृषि पर्यटनलाई बढावा दिएकोमा खुशी व्यक्त गरे । उनले शिवपुरीलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न स्थानिय तहबाट गर्नु पर्ने काममा पूरा सहयोग रहेन बताए ।
रोपाईं महोत्सवमा भिटोफका अध्यक्ष कमल सापकोटाले बोल्दै भिटोफले बार्षिक रुपमा रोपाई कार्यक्रम गर्दै आएको र यसले ग्रामिण पर्यटनको विकासमाा टेवा पुग्ने बताए । उनले नुवाकोटको बुढीशेरा पर्यटनको सम्भावनाका बारेमा जानकारी गराउ“दै सो क्षेत्रको विकास र प्रबद्र्धनका लागि व्यवसायी र सरकारले ध्यान दिनु पर्ने बताए ।

भिटोफ नेपालले पर्यटकीय क्षेत्र शिवपुरीस“गै जोडिएको नुवाकोटको बुढीशेरामा आयोजना गरिएको कार्यक्रममा करीब ५ सय जनाको सहभागिता रहेको जनाइएको छ । उक्त कार्यक्रममा स्थानियवासी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, पर्यटन व्यवसायी तथा विदेशी पर्यटकको समेत सहभागिता रहेको थियो ।

रोपाईं कार्यक्रममा घा“से दोहारी, खंैजडी, पन्चेबाजा लगायतको स्थानीय लोकभाका सहितको सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । साथै कार्यक्रमका सहभागीलाई आयोजकले दहीचिउरा खुवाउनुका साथै सो क्षेत्रको भ्रमण समेत गराएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest