चाइनामा भएको राफ्टिङ्ग प्रतियोगितामा नेपाल विजयी

नेपाल एसोसिएशन अफ् राफ्टिङ्ग एजेन्टस् (नारा)को नेतृत्वमा गएको नेपाली टोलीले चीनको टिवेटमा भएको चाइना नेपाल इन्टरनेशनल राफ्टिङ्ग फ्रेन्डली म्याचमा विजय हाँसिल गरेको छ ।

उक्त टोलीले टिवेटमा भएको सो प्रतियोगिता अन्तर्गत कायाकमा प्रथम र राफ्टिङ्ग मा द्वितीय स्थान हाँसिल गरेको हो । प्रतियोगितामा कायाक तर्फ २२ टोली र राफ्टिङ्ग ·तर्फ १७ टोलीको सहभागिता रहेको नेपाल एसोसिएशन अफ् राफ्टिङ्ग एजेन्टस् (नारा) का अध्यक्ष चन्द्र दाहालले बताएका छन् । राफ्टिङ्ग प्रतियोगिता असार १ देखि ६ गतेसम्म अर्थात् जुन १५ देखि २० सम्म सञ्चालन भएको थियो । प्रतियोगितामा भाग लिनका लागि नाराका अध्यक्ष चन्द्र दाहालको नेतृत्वमा सचिव शिव अधिकारी तथा पोखरा च्याप्टरका अध्यक्ष मिनबहादुर मगर र रिभर गाइडहरु दिनेश यादव, राम्जी सेढाईं, धिरज विसी र सुनिल गुरुङ गएका थिए ।

सोही अवसरमा नेपाल र चीनको राफ्टिङ्ग क्षेत्रको विकास तथा प्रबद्र्धन गर्नका लागि नेपाल एसोसिएशन अफ् राफ्टिङ्ग एजेन्टस् (नारा) र टिवेट ट्रिप मास्टर ड्राइभिङ क्याम्प डेभलपमेन्टबीच सम्झौता समेत भएको नारा अध्यक्षले बताएका छन । सम्झौता अनुरुप आगामी दिनमा चीनमा नेपालको राफ्टिङ्ग क्षेत्रको प्रबद्र्धन टिवेट ट्रिपले सहयोग गर्ने र नेपालमा चीनको राफ्टिङ्ग प्रबद्र्धन गर्न नाराले सहयोग गर्ने बताइएको छ । नाराको २९ वर्षको इतिहासमा पहिलो पटक यस खालको सफलतासँगै सम्झौता भएकोमा समग्र राफ्टिङ्ग व्यवसायीहरुले गर्व गर्नु पर्ने बताउँदै अध्यक्ष दाहालले यस्तै खालका कार्यक्रम अब चीन र नेपालमा आलोपालो गर्ने गरि सम्झौता भएको समेत बताए । उनले अबको पर्यटन प्रबद्र्धनका लागि नेपाल र चीन सरकारले संयुक्त रुपमा पर्यटन प्रवद्र्धन गर्नु पर्ने बताएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest