वायु प्रदुषणको असर, पर्वतिय पर्यटनमा

सनराईज नेपाल –
वायु प्रदुषणको असर शहरी क्ष्ँेत्रमा बढि हुने गरेपनि यसको असर पर्वतिय पर्यटनमा समेत परेको बताइएको छ ।

नेपाल पर्वतारोहण संघले पर्वतिय पर्यटनमा वायु प्रदुषणको असर बारे अन्तक्र्रिया कार्यक्रम आयोजना गरी वायु प्रदुषणको असरलाई न्यूनिकरण गर्न जोड दिएको छ । कार्यक्रममा वातावरण वैज्ञानिक डा. महेश्वर रुपाखेतिले वायु प्रदुषणले पर्वतिय पर्यटनमा पु¥याएको असरबारे एक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । दक्षिण एशिया वायु प्रदुषणको मूख्य थलो भएको भन्दै नेपालमा दक्षिणबाट आएको वायु प्रदुषण उत्तरको हिमालले रोक्ने गरेको र प्रदुषण हिमालमा थुप्रने गरेको कुरा व्यक्त गर्नु भएको छ, जसका कारण हिमालमा रेहेका हिंउहरु तिव्र गतिमा पग्लंदै गएको र हिमाल कालो हु“दै गएको बताउनु भएको छ । शहरी क्षेत्रमा उत्पादन हुने गरेको भन्दै वायु प्रदुषणलाई न्यूनिकरण गर्न सरोकारवालाले ध्यान दिनु पर्ने औंल्याइएको छ । वायु प्रदुषणका कारण विश्व उष्णतामा पचास प्रतिशतले बृद्धि हुन गई जलवायु परिवर्तनले पर्यटन क्ष्ँेत्रमा समेत असर पुग्न गएको बताइएको छ । वायु प्रदुषणले नेपालको पर्यटनमा पु¥याएको असर बारे अध्ययन हुन बा“की रहेको जनाइएको छ ।

अन्तक्र्रिया कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले सरकारले बायु प्रदुषणको कानून एवं निर्देशिका बनाउन आवश्यक रहेको बताउनु भएको थियो ।
सोही कार्यक्रममा नेपाल पर्वतारोहण संघले प्रदान गर्ने एडभान्स पर्वतारोहण तालिम र माउन्टेन लिडर तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest