अमेरिकाको डेनाली हिमाल चढ्ने क्रममा सञ्जय पण्डितको निधन

अमेरिकाको डेनाली हिमाल अरोणका क्रममा चर्चित अल्ट्रा धावक सञ्जय पण्डितको मृत्यु भएको छ । सञ्जय पर्यटन व्यवसायि टासी शेर्पा स“ग अमेरिकाको डेनाली हिमाल आरोहणमा गएका थिए । उनले टासीको सहयोगमा धेरै हिमालहरु चढेका छन् ।

डेनाली हिमाल उत्तरी अमेरिकाको सबैभन्दा अग्लो पिकको रुपमा परिचित छ । डेनाली हिमाल चढ्न निकै कठिन मानिन्छ । सञ्जयसँग अमेरिकामा रहेका टासी शेर्पा र नेपालबाट गएका अर्का टासी शेर्पा सहित तीन जना डेनाली चढ्न गएका थिए । उनीहरु जुन ७ मा डेनाली हिमाल चढ्न त्यस तर्फ गएका थिए ।

पर्वतारोही टासी शेर्पाका अनुसार जुन ७ तारिखको विहान ९ बजे एयर ट्याक्सी चढेर डेनालीको बेस क्याम्प तर्फ गएका थिए । क्याम्प १, २, ३, हुँदै जुन १४ मा उनीहरु क्याम्प ५ मा पुगेका थिए । जुन १५ को बिहान ९ः४५ बजे क्याम्प ५ बाट उनीहरु डेनाली समिट तर्फ अघि बढेका थिए । समिट भन्दा अलि तल पुगेपछि सञ्जय अचानक अस्वस्थ भएपछि सञ्जयलाई त्यहीं राखी उनीहरु सञ्जयको झण्डा सहित समिटतर्पm गई झण्डा पुर्याई फोटो खिचेर फर्केका थिए ।

फर्कदा सञ्जयलाई सँगै ल्याउँदै गर्दा सञ्जयलाई झनै गाह्रो भएपछि बेलुका करिब ८ बजेतिर रेस्क्युको लागि अनुरोध गरेको टासीले बनाएका छन् । रेस्क्यूकै क्रममा सञ्जयको निधन भएको बताइएको छ । सगरमाथाको सफल आरोहण गरिसकेका सञ्जय सातै महादेशका अग्ला हिमाल आरोहण गर्ने अभियानमा थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest