पर्वतारोहण संघ र टानबिच सम्झौता

पर्वतारोहण संघ र टानबिच सम्झौता
स. सम्वाददाता
नेपालको पर्वतिय पर्यटनको प्रवद्र्धन एवं विकासका लागि नेपाल पर्वतारोहण संघ र टे«किड्ड एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) ले संयुक्त अभियान सञ्चालन गर्ने भएका छन् ।
सयौं हिमालहरु आरोहणका लागि खुल्ला गरिएतापनि कतिपय हिमालहरु अझै आरोहण हुन नसकिरहेको अवस्थामा ति हिमालहरु पुग्ने आरोहण मार्ग र पदयात्रा मार्गको खोज एवं अनुसन्धान गर्न दुवै संस्था सहमत भई सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल पर्वतारोहण संघमा आयोजित एक कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष्ँ आङछिरिङ शेर्पा एवं टे«किड्ड एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष चन्द्र रिजालको उपस्थितिमा पर्वतारोहण संघको तर्पmबाट महासचिव ठाकुर राज पाण्डे र टानका तर्पmबाट महासचिव कर्णबहादुर लामाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
दुवै संस्थाले संयुक्त रुपमा नेपालमा रहेका हालसम्म आरोहण नभएका हिमालको आधार शिविरसम्म अनुसन्धान भ्रमण गर्नेछन् । उक्त अनुसन्धान भ्रमणका लागि नेपाल पर्वतारोहण संघले टानलाई प्राविधिक सहयोग उपलब्ध गराउनेछ । टानले अनुसन्धान भ्रमणका लागि आवश्यक श्रोत–साधनको व्यवस्था गर्नेछ । साथै भ्रमणको विस्तृत कार्यक्रम बजेट सहित टानले पर्वतारोहण संघलाई बुझाउनु पर्ने सम्झौतामा उल्लेख छ । आरोहण नभएका हिमालको प्रवद्र्धन एवं विकास गर्न दुवै संस्थाले नेपाल सरकार समक्ष पहल गर्नेछन् ।
सम्झौताको कार्यान्वयन गर्न दुवै संस्था सम्मिलित एक कार्यदल बनाई कार्यविधी बनाउनेछन् । अनुसन्धान भ्रमण सम्पन्न गरेपछि प्राप्त हुने प्रतिवेदनको आधारमा नेपाल पर्वतारोहण संघले विश्व पर्वतारोहण महासंघ र एशियाली पर्वतारोहण महासंघ एवं अन्य अन्तर्राष्ट्रिय निकायस“ग प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्नेछ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest