कतार एयरवेजलाई सर्वोत्कृष्ट अवार्ड

स. सम्वाददाता
कतार एयरवेजले २०१६ को वल्र्ड्स बेष्ट एयरलाइन्सको उपाधी हात पारेको छ । एयरलाइन्सको क्षेत्रमा विश्वकै सर्वोत्कृष्ट एयरलाइन्सको उपाधी पाएको खुशीयाली मनाउने क्रममा आप्mनो उडानमा कम्पनीले ४० प्रतिशत सम्मको सहुलियत प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।
अथक मेहेनत र आप्mना यात्रुहरुलाई निरन्तर उत्कृष्ट सेवा प्रदान गरे वापत प्राप्त उक्त सफलताको खुशीयाली आप्mना उपभोक्तासंग साट्न कम्पनीले आप्mनो विश्वका सञ्जालमा छरिएर रहेका उडान गन्तब्यको यात्रा गर्दा ४० प्रतिशत सम्मको छुट उपलब्ध गराउने भएको छ ।
हालै सञ्चालनमा ल्याइएको कम्पनीको विश्वको बिक्री अभियान मार्पmत् छुट योजना लागु गरिएको कम्पनीले जानकारी दिएको छ ।

 

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest