डोल्पाको जुफाल विमानस्थल कालोपत्रे हु“दै

\स. सम्वाददाता
पर्यटकिय आकर्षण बोकेको डोल्पाको यातायातको एक मात्र माध्यमका रुपमा रहेको जुफाल विमानस्थल कालोपत्रे हुने क्रममा रहेको छ । विमानस्थका अनुसार हालसम्म दुई सय मिटर कालोपत्रे गर्ने काम सम्पन्न भइ सकेको छ ।
जम्मा ५६० मिटरमध्ये असार १ देखि २६ गतेसम्म २६ दिनको अवधिमा २०० मिटर कालोपत्र गर्ने कार्य सम्पन्न भएको विमानस्थल निर्माणका आयोजना प्रमुख वीरप्रसाद शाहीले जानकारी गराएका छन् । आ“उदो भदौ पहिलो सातासम्म विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने कार्य सम्पन्न गरेर हवाई यातायात सञ्चालनमा ल्याउने योजना रहेको आयोजना प्रमुख शाहीले बताएका छन् ।
बर्खायाम सुरु भएकाले काम गर्ने क्रममा बीच–बीचमा पानी परेर समस्या उत्पन्न हुने गरेकोले काममा केही ढिलाई आएको बताइएको छ । कर्णालीका चारवटा विमानस्थल कालोपत्रे भइसके तापनि डोल्पाको जुफाल विमानस्थलमा भने कालोपत्र गर्ने कार्य भर्खरै शुरु भएको छ ।

 

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest