पर्वतारोहण संघ निर्वाचन प्रकरणः सिडिओ कार्यालयले बनायो छानविन समिति, निर्वाचनका सम्पूर्ण कागजपत्र झिकाइयो

स. सम्वाददाता
नेपाल पर्वतारोहण संघको साउन २१ गते भएको निर्वाचनमा जिम्बा जाङ्बु शेर्पा समूहले निर्वाचन धा“धलीपूर्ण भएको र निर्वाच नदर गराई पाउ“m भनी जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निवेदन हाले पछि जिल्ला प्रशासन कार्यालयले छानविन समिति बनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले प्रशासकिय अधिकृत परसमनी पोखरेलको संयोजकत्वमा ४ सदस्यिय छानविन समिति बनाएको छ । छानविन समितिका सदस्यहरुमा जिल्ला प्रशासन कार्यालयका अधिकृत, सिआइवी प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट १ जना प्रहरी रहेका छन् ।
छानविन समितिले नेपाल पर्वतारोहण संघ निर्वाचन समितिलाई निर्वाचनका सम्पूर्ण कागजपत्र मगाएको थियो । पर्वतारोहण संघले समयमै कागजपत्र नबुझाएपछि जिल्ला प्रशासन कार्यलयका छानविन समितिका सदस्यहरु पर्वतारोहण संघमै गई निर्वाचनका सम्पूर्ण कागजपत्र बुझिलिएको बताइएको छ । जिल्ला प्रशासन कार्यालयलाई निर्वाचनको कागजपत्र बुझाएको आङछिरिङ शेर्पाले बताएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest