एकता होटल तथा गेष्ट हाउस व्यवसायि संघमा नया“ कार्यसमिति

स. सम्वाददाता
गौशाला, एयरपोर्ट आसपासका होटल तथा गेष्ट हाउस सञ्चालकहरुको संगठन एकता होटल तथा गेष्ट हाउस व्यवसायि संघमा नया“ कार्यसमिति आएको छ ।
संघको ५ औं वार्षिक साधारण सभाले तिलगंगास्थित ज्योति गेष्ट हाउसका सञ्चालक मोहन थेवेको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिति चयन गरेको छ । सर्वसम्मत चयन भएको कार्यसमितिको प्रथम उपाध्यक्षमा अनिल अग्रवाल, द्धितिय उपाध्यक्षमा ऋषि कुमार चौंलागाईं र तृतिय उपाध्यक्षमा सुरेश बराल रहनु भएको छ । कार्यसमितिको महासाचिवमा खेमराज उप्रेति, सचिवमा सलमान लिम्बु र कोषाध्यक्षमा तिलक चापागाईं सर्वसम्मत चयन हुनु भएको छ ।
कार्यसमिति सदस्यहरुमा प्रज्वल श्रेष्ठ, सिला गुरुड्ड, गिता सापकोटा, नारायण प्रसाद पौडेल, सरोज आले र अब्दुल कलाम रहनु भएको छ । एकता होटल तथा गेक्ष् हाउस व्यवसायि संघमा गौशाला, पिङ्गलास्थान, तिलगंगा, एयरपोर्ट, चाबहिल, ज्ञानेश्वर, बत्तिसपुतली क्षेत्रका होटल तथा गेष्ट हाउस समेटिएका छन् ।
एकता होटल तथा गेष्ट हाउस सञ्चालकहरुको हक हित संरक्षण गर्ने मुख्य उद्देश्य रहेको संघका अध्यक्ष मोहन थेवेले बताउनु भएको छ । पशुपतिनाथ क्षेत्र धार्मिक पर्यटनका दृष्टिले महत्वपूर्ण रहेको र यस क्षेत्रको पर्यटन विकासका लागि संघ सक्रिय भएर लाग्ने सदस्य नारायण प्रसाद पौडेलले जानकारी गराउनु भएको छ । संघ स्थापना पश्चात् एयरपोर्टमा पर्यटकहरुलाई सहजिकरण गर्नुका साथै त्यस क्षेत्रको विकृति र विसंगतिलाई हटाउन पहल गर्दै आएको र आगामी दिनमा पनि त्यस क्षेत्रका विकृति र विसंगति समाधान गर्न संघ लागि पर्ने महासाचिव खेमराज उपे्रतिले बताउनु भएको छ ।

 

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest