श्री एयरलाइन्सका जहाजबाट उडान सुरु

श्री एयरलाइन्सका जहाजबाट उडान सुरु
स. सम्वाददाता
नेपाली आकासमा हेलिकोप्टर चलाउ“दै आएको श्री एयरलाइन्सले फिक्स विङग (जहाज)को यात्रा सुरु गरेको छ । कम्पनीले क्यानडाको बम्बार्डियरले उत्पादन गरेका सिआरजे सिरिजका तीनवटा जेट इन्जिनयुक्त विमान नेपाल भिœयास“गै उडान सुरु गरेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट श्री एयरलाइन्सले उडान अनुमति (एओसी) पाएको झन्डै महिना दिन पछि उसले उडान शुरु गरेको हो । नेपालगंज र भैरहवा दुईवटा उडान मार्फत आप्mनो सेवा सुरु गरेको कम्पनीका प्रबन्ध निर्देशक सुधीर मित्तलले बताएका छन् । प्राधिकरणको अनुमतिमा जहाज नेपाल ल्याए पनि कम्पनीले लामो समयसम्म उडान अनुमति (एओसी) पाएको थिएन ।
उडान अनुमति (एओसी) ढिला पाउनुमा उच्च राजनीतिक शक्ति र पैसाको आडमा प्राधिकरणकै केही उच्च अधिकारीले श्रीलाई सेवा संचालन गर्न नदिएको बताइएको छ । नेपालमा उच्च राजनीतिक पहु“च र पैसाको आडमा आफू अनुकुल निर्णय गराउन सफल हवाई माफिया समूह प्रभावी रह“दै आएको ति अधिकारीले बताएका छन् ।
तीन महिनासम्म पनि क्यानले कुनै निर्णय नदिएपछि श्रीको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उठाएर लगे पछि प्राधिकरणले एओसी प्रकृया सुरु गरेको बुझिएको छ । श्री एयरलाइन्सका प्रवन्ध निर्देशक मित्तल विश्व बैंक अन्तर्गतको अन्तर्र्रािष्ट्रय वित्त निगमका विभिन्न सय देशमा काम गरेर स्वदेशमै व्यापार गर्न फर्किएका एक सफल व्यवसायि हुन् ।
स्वर्गिय वनवारीलाल मित्तलका छोरा सुधीर मित्तलले ठूलो लगानी गरेर फिक्स विङग (जहाज) को व्यवसाय सुरु गर्न लागेका हुन् । श्री एयरलाइन्सले यसअघि हेलिकप्टर सेवा मात्र सञ्चालन गर्दै आएको थियो । अहिले यो कम्पनीसँग आठ वटा हेलिकप्टर छन् । संयुक्त राष्ट्र संघ लगायत अन्तर्र्रािष्ट्रय संस्थाले कम्पनीको हेलिकप्टर चार्टर गर्ने गरेका थिए । युरोपेली युनियनले नेपालको हवाई उड्ययन क्षेत्रलाई कालोसूचीमा राखेको कारण पछिल्लो समय कम्पनीले यी उडान गर्न पाएको थिएन । श्री एयरलाइन्सको हवाइ जहाज उडान सेवाबाट नेपालको पर्यटन क्षेत्रमा थप योगदान पुग्नुका साथै पर्यटन विकासमा टेवा पुग्ने बताइएको छ

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest