पदयात्रालाई मर्यादित बनाउन टेकिङ्गमा गाइड, पोर्टर अनिवार्य गर्नुपर्छ – खुम सुवेदी

स. सम्वाददाता
पर्यटन क्षेत्रमा लामो अनुभव संगाल्नु भएका खुम सुवेदी यूनिक एड्भेन्चर टे«किड्डका प्रबन्ध निर्देशक हुन् । पदयात्रा व्यवसायलाई मर्यादित बनाउन सरकारले ध्यान दिनु पर्ने र टे«किड्डमा गाइड, पोर्टर अनिवार्य गर्नु पर्ने विचार व्यक्त गर्नु हुने सुवेदी टे«किड्ड व्यवसायिको छाता संगठन टे«किड्ड एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष हुन् । उनै खुम सुवेदीस“ग गरिएको कुराकानीको अंशः–
सनराइज– टानको बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । टानको वर्तमान अवस्था कस्तो छ ?
सुवेदी– खासगरी टान स्थापना भएदेखि नै टे«किड्ड व्यवसायिको हक–हितमा काम गर्दै आएको संस्था हो । सदस्य कम्पनिहरुको हितमा र टे«किड्ड व्यवसायको प्रवद्र्धनमा काम गरिनै रहेको छ । हाल टानको वरिष्ठ उपाध्यक्षको हैसियतले भन्नु पर्दा विगत केहि वर्षदेखि टानले सदस्य कम्पनिहरुको हक हितमा खासै काम गर्न नसकिरहेको अवस्था छ । हामीले टे«किड्ड व्यवसायको समस्यालाई समाधान गर्न सरकारी निकायमा कुरा पु¥याउने र समाधान गर्न पहल गरिरहेका छौं ।
सनराइज– टानको कुरा गर्दा टिम्सको समस्या अग्र पंक्तिमा आउ“छ । टिम्सको वर्तमान अवस्था कस्तो छ ?
सुवेदी– विगत केहि समयदेखि टिम्सका बारेमा विभिन्न प्रश्नहरु उठिरहेका छन् । टिम्स नेपाल सरकारले जारी गरेको राष्ट्रिय स्तरको परमिट हो । यसको उद्देश्य देशभरीका टे«किड्ड मार्गमा जाने पर्यटकलाई सुरक्षित पदयात्रा गराउनु हो । विगतमा यसको राम्रोस“ग कार्यान्वयन हुन सकेन । पर्यटकहरु पदयात्रामा जा“दा कुन ठा“उमा पुगे र उनीहरुमा कुनै समस्या आए उनीहरुलाई समयमै उद्धार गर्न सकियोस भन्ने हो । अहिले संघियताको नाममा खुम्बु–पासाङल्हामु गा“उपालिकाले टिम्सलाई मान्यता नदिने जस्ता समस्या देखिएको छ । यस विषयमा हामीले नेपाल सरकार सम्बन्धित निकायमा कुरा राखेका छौं । टिम्स राष्ट्रिय स्तरको परमिट हो र यसबाट उठेको राजस्व नेपालको पर्यटन विकासमै खर्च भएका छन् । सरकारले यस विषयमा सकारात्मक निर्णय लिनेछ भन्ने विश्वास राखेका छौं ।
सनराइज– नेपाल पर्यटन वोर्ड र टानबिच टिम्सका बारेमा देखिएको समस्या के हो र अहिले के भइरहेको छ ?
सुवेदी– विगतका केही वर्षदेखि टिम्सका बारेमा नेपाल पर्यटन बोर्ड र टानबिच केहि विवादहरु उत्पन्न भएका छन् । टानले पनि टिम्सको भावना अनुरुप विगतमा गतिविधी नगरेको होला तर हामी विगतको कुरालाई कसरी समाधान गर्न सकिन्छ र नया“ ढंगबाट टिम्सलाई कसरी अगाडि बढाउने भन्ने विषयमा लागिरहेका छौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय यस विषयमा निकै सकारात्मक छ, चा“डै यसको समाधान हुन्छ भन्ने विश्वास टानले लिएको छ । यस विषयमा छानविन समिती पनि बनेको थियो । यस विषयमा यस कार्यसमितिलाई कुनै जानकारी गराइएको छैन । टानका अध्यक्षलाई नेपाल पर्यटन बोर्डको बैठकमा हालसम्म बोलाइएको छैन यस विषयमा के–कस्तो भएको हो, त्यस विषयमा कसले के गर्नु जरुरी छ, त्यो गर्नु आवश्यक छ । तर टिम्सको समस्या चा“डो टुड्डयाउनु जरुरी छ ।
सनराइज– पदयात्रालाई सुरक्षित र भरपर्दो बनाउन अन्नपूर्ण क्षेत्रमा महाविर पुनले नया“ टेक्नोलोजिको सुरुवात गर्दै हुनुहुन्छ भन्ने छ । यस विषयमा टानलाई अवगत छ ?
सुवेदी– महाविर पुनस“ग यस विषयमा टानमा छलफल भएको थियो । उहा“ले गनु खोज्नु भएको राम्रो हो । हामीले उहा“लाई टानस“ग सहकार्य गरेर काम गरौं भनेका छौं । टानले के गर्नु पर्ने हो, टान तयार छ । तर उहा“ एक्लै हिड्न खोज्नु भएको छ । उहा“ले आप्mनो क्षेत्रमा लागू गर्न खोज्नु भएको छ । टान नया“ टेक्नोलोजी प्रयोग गर्न चाहन्छ तर देश र टे«किड्ड व्यवसायी लगायत सबैलाई फाइदा होस् भन्ने हाम्रो धारणा हो । कुनै एउटा व्यक्ति विशेषलाई मात्र फाइदा पुग्ने गरी नया“ टेक्नोलोजी ल्याएमा यो प्रभावकारी हु“दैन ।
सनराइज– तपाईं लामो समयदेखि टे«किड्ड व्यवसायमा सम्लग्न हुनुहुन्छ, यस व्यवसायको विकासका लागि सरकारले के गर्नु जरुरी छ ?
सुवेदी– नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अन्य सरोकारवालाहरुलाई हामीले भन्दै आएका छौं र लिखित रुपमा पनि माग राखेका छौं । नेपालको पदयात्रा व्यवसायलाई मर्यादित बनाउन पदयात्रामा जाने विदेशी पदयात्रीहरुस“ग एक जना नेपाली गाइड वा पोर्टर अनिवार्य रुपमा पठाउने व्यवस्था गर्नु आवश्यक छ । पदयात्रीको सुरक्षाको दृष्टिले होस् या नेपालीले रोजगारी पाउने हिसावले पनि यो आवश्यक छ । यस विषयमा हामीले पर्यटन मन्त्रालयलाई लिखित सुझाव दिएका छौं । पर्यटनमन्त्री पर्यटन क्षेत्र बुझेको एउटा युवा हुनुहुन्छ । उहा“ले यस विषयमा सकारात्मक निर्णय लिनु हुनेछ भन्ने विश्वास गरेका छौं ।
सनराइज–टिम्सको मूख्य उद्देश्य पदयात्रीहरुको सूचना संकलन गर्ने र पदयात्रामा जा“दा ऊ कुन अवस्थामा छ भन्ने कुरा सहजै थाहा पाउन सकियोस् भन्ने थियो । त्यो त हुन सकेन नि ?
सुवेदी– यो हुन सकिरहेको छैन तर यो हुनु आवश्यक छ । नेपाल सरकार, टे«किड्ड व्यवसायि र सरोकारवाला सबैको सहयोग आवश्यक छ । टान एक्लैले यो गर्न सक्दैन । विगत वर्षहरुदेखि नै टानले यसमा आवाज उठाउ“दै आइरहेको छ । यसमा नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नै अग्रसर हुनु पर्दछ ।
सनराइज– राज्य संघियतामा गएपछि टे«किड्डमा के कस्ता समस्याहरु देखिएका छन् ?
सुवेदी– राज्य संघियतामा जानु राम्रो पक्ष हो । तर अहिलेको गतिविधी हेर्दा पर्यटनको लागि त्यति सकारात्मक देखिएन । प्रादेशिक र स्थानिय तहमा पर्यटनको महत्व बुझेको देखिएन । पर्यटक किन आउ“छन् र उनीहरुलाई कस्तो व्यवहार गर्नु पर्छ भन्ने कुरा नबुझेको पाइयो । हामीले प्रादेशिक सरकार र स्थानिय सरकारलाई अनुरोध गरेका छौं । पर्यटनलाई एउटै छुट्टै नियम बनाउनु पर्छ । केन्द्रिय स्तरबाटै यसको परिचालन हुनुपर्छ र त्यसको प्रतिफल प्रदेश र स्थानिय तहसम्म वितरण गर्ने निति बनाउनु पर्छ ।
सनराइज– टानले वर्तमान अवस्थामा प्रवद्धर्नात्मक गतिविधी गर्न सकिरहेको छैन नि ?
सुवेदी– पहिला टानले आप्mनो सदस्य कम्पनिहरुस“ग सहयोग मागेर गतिविधी गर्ने गर्थ्यो पछिल्लो चरणमा टिम्स लागू भएपछि केही बाहिरी श्रोत पनि जुट्न थाले । तर अहिले टिम्सको रकम आउन सकिरहेको छैन र गतिविधी सञ्चालन हुन सकेको छैन । हामी गतिविधी गर्ने प्रयासमा छौं । टानले मात्रै गर्नु पर्छ भन्ने छैन । टिम्सको कारणले गतिविधी रोकिनु हु“दैन । अन्य संघ–संस्था वा नेपाल पर्यटन बोर्डले पनि सक्छ । तर टिम्सबाट उठेको रकम फ्रिज गरेर राख्नु राम्रो होइन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest