पोखराको अन्तर्राष्ट्रिय पर्बतिय संग्रहालयमा बिश्व शान्ति पूजा हुने

नेपाल पर्वतारोहण संघको आयोजनामा माघ २० गतेदेखि २२ सम्म पोखरा स्थित अन्तर्राष्ट्रिय पर्बतिय संग्रहालयमा बिश्व शान्ति पूजा हुने भयको छ । विश्व शान्ति र धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा विश्व शान्ति पूजा गर्न लागियको संघले पत्रकार सम्मलेन गरि जानकारी गरायको हो।

नेपालको धार्मिक पर्यटनको प्रबर्दन गर्ने उद्देश्यले बिश्व शान्ति पूजा गर्न लागियको आयोजक नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्तवीर लामाले बताउनुभयो । २० गते लुम्बिनीबाट शान्तिद्धीप पोखरा लगिने र प्रज्वोलन गरिने महासचिब कुल बहादुर गुरुङले बताय ।२० गते नै उक्त शान्तिद्धीपलाई पोखरा स्थित ह्याङ्जाको स्याक्या गुम्बामा हस्तान्तरण गरिने कार्यक्रम रहेको छ । संघले तेस्रोपटक बिश्व शान्ति पूजा गर्न लागेको हो ।उक्त दिन अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको १७ औं स्थापना दिवस पनि भएकाले धार्मिक पर्यटनको महत्वारे कार्यपत्र समेत प्रस्तुत गरिने संघले जनाएको छ ।

विश्व शान्ति पूजाको अवसरमा महायोगी विद्याधर श्रीधर राना रेन्पोछेबाट बिशेस पुजाका साथै अभिशेक  (वाङ थाप्ने) कार्यक्रम रहेको छ ।

संघले यही माघ १८ र १९ गते प्रसिद्द कोरियाली आरोही स्व.पार्क योंग सोकको सम्झनामा पार्क योंग सोक खुल्ला वाल क्लाम्बिंग प्रतियोगिता आयोजना गर्ने जनायको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest