गोरखापत्र दैनिक : विगत र वर्तमान नेपाली पत्रकारिताको मूल आधार नै ‘गोरखापत्र’

२०६४ सालको राजनीतिक परिवर्तनपश्चात गोरखापत्रले नयाँ नेपाल शीर्षक दिएर नेपालको विविध भाषामा लेखहरु प्रकाशन गर्दै आएको छ । जसमा अवधि, उर्दु, बराम, भोजपुरी, मगर लागयतका २५ भाषाका सामग्रीहरु प्रकाशित भइरहेको छ ।

पृष्ठभूमि :
विश्वमा सबै प्राणी आआफ्नै तरिकाबाट सञ्चारको आदानप्रदान गरिरहेका हुन्छन् । मानिसले मात्र होइन पशुपंक्षी लगायत जीवन प्राप्त भएका सबै जीवले एकआपसमा सञ्चार गरिरहेका हुन्छन् । तर फरक यति हो कि मानवीय सञ्चार व्यवस्थित र सन्तुलन गरिएको हुन्छ भने अरु जीवमा यस्तो पाइँदैन । आजको युग सूचना र प्रविधिको भएकाले हामी सूचनाबेगर बाँच्न पनि मुश्किल हुने अवस्था आइसकेको छ । सञ्चारका विभिन्न माध्यम टेलिभिजन, टेलिफोन, रेडियो, इन्टरनेटमध्ये पत्रिका पनि एक माध्यम हो । पत्रपत्रिकाबाट आफूलाई आवश्यक सूचना, जानकारी तथा मनोरञ्जनका सामग्री प्राप्त गर्न सकिन्छ । पत्रकारिताको इतिहासमा सबैभन्दा पहिला चीनमा कागजको आविष्कार गरिएको र कागजमा लेख्न शुरु गरिएको मानिन्छ । विश्वमा पत्रकारिताको विकास भएको लगभग पाँच सय वर्ष भएको अनुमान छ । पत्रकारिताको महत्वपूर्ण तथा एक मुख्य माध्यम कागजमा छपाइ गरेर समाचार लगायतका सामग्री प्रकाशन गर्नुलाई मानिन्छ । नेपालमा  सञ्चारका विभिन्न संस्था क्रियाशील छन् । यहाँ नेपालको सबैभन्दा जेठो पत्रिका गोरखापत्रको बारेमा केही विश्लेषण गर्ने प्रयास गरिएको छ ।

गोरखापत्रकोप्रकाशन :
गोरखापत्रको प्रकाशन विक्रम सम्वत् १९५८ सालमा भएको हो । श्री ३ महाराज तथा प्रधानमन्त्री चन्द्रशमशेरबाट गोरखापत्रको प्रकाशन शुरु भएको हो । १९५८ साल वैशाख २४ गते गोरखापत्रको पहिलो अंक प्रकाशन भएको पाइन्छ । जयपृथ्वीबहादुर सिंह र पण्डित नरेन्द्रदेवको तालुकादारीमा गोरखापत्रको पहिलो अंक प्रकाशित भएको देखिन्छ । शुरुमा गोरखापत्र साप्ताहिक रुपमा प्रकाशित भएको थियो । सरकारी सूचना तथा सरकारमा रहेका विशेष गरेर राणा शासकले आफ्ना जनताका लागि बोलेका विषयलाई गोरखापत्रमा प्रकाशित गरेको देखिन्छ । गोरखापत्रको हालसम्मको विकास क्रमलाई केही कालखण्डमा विभाजन गरेर पनि हेर्न सकिन्छ ।

गोरखापत्रको शुरुको प्रकाशनमा सरकारी सूचना, आदेश तथा सरकारी निर्देशनलाई जनतासमक्ष पुर्याउने उद्देश्यले प्रकाशन शुरु गरेको देखिन्छ । जनताको काम नगरेको, भ्रष्टाचार गरेको, कुनै अभियोग लागेर सरकारी कर्मचारी घटुवामा परेको आदि विषयका समाचार पनि गोरखापत्रमा प्रकाशन गर्नको लागि सरकारले अनुमति दिएको पाइन्छ । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले सनदपत्र जारी गरेर गोरखापत्र साप्ताहिक रुपमा प्रकाशन गर्न अनुमति दिएको देखिन्छ ।

विक्रमसम्वत्१९५८देखि२००७सम्म:
विक्रम सम्वत् १९५८ साल वैशाख २४ गतेदेखि साप्ताहिक रुपमा प्रकाशन शुरु भएको गोरखापत्र नेपालबाट प्रकाशित भएको नेपाली भाषाको पहिलो पत्रिकाको रुपमा मानिन्छ । यसभन्दा अगाडि भारतबाट नेपाली भाषामा सुधासागर भन्ने पत्रिका छापिएको इतिहास छ । गोरखापत्रलाई एशियाबाट निरन्तर प्रकाशन भइरहेका पुराना पत्रिकामध्ये एक मानिन्छ । यसको इतिहासले एक सय १९ वर्ष पूरा गरिसकेको छ ।

गोरखापत्रको शुरुको प्रकाशनमा सरकारी सूचना, आदेश तथा सरकारी निर्देशनलाई जनतासमक्ष पुर्याउने उद्देश्यले प्रकाशन शुरु गरेको देखिन्छ । जनताको काम नगरेको, भ्रष्टाचार गरेको, कुनै अभियोग लागेर सरकारी कर्मचारी घटुवामा परेको आदि विषयका समाचार पनि गोरखापत्रमा प्रकाशन गर्नको लागि सरकारले अनुमति दिएको पाइन्छ । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले सनदपत्र जारी गरेर गोरखापत्र साप्ताहिक रुपमा प्रकाशन गर्न अनुमति दिएको देखिन्छ । जसमा भनिएका मुख्य विषयमा गोरखापत्र प्रकाशन गर्न टाइप छापाखाना र सेनाको मातहतमा रहेको लिथोग्राफलाई एकीकृत रुपमा राखेर प्रयोग गर्न पाइने, प्रत्येक साता एक हजारप्रति गोरखापत्र प्रकाशन गर्न पर्ने, गोरखापत्र प्रकाशनका लागि वार्षिक रकम एकमुष्ठ ३ हजार ९ सय चार रुपैयाँ फाँटवारी तोकिएको, गोरखापत्रका प्रकाशन गर्न हुने र नहुने विषयलाई नीतिको रुपमा निर्देशन दिएको, गोरखापत्र प्रकाशन तथा बिक्रीको हरहिसाब राख्नु पर्ने, गोरखापत्रमा छापिने सामग्री प्रकाशन हुनु अगाडि कर्नेल डिल्लीशमसेर थापालाई रुजु गराउनुपर्ने लगायतका विषय जारी सनदमा समेटिएको पाइन्छ ।

विक्रम सम्वत् १९८४ साल वैशाख १३ गते एउटा तस्बिर पहिलो पटक प्रकाशन गरेर गोरखापत्रले फोटो पत्रकारिताको इतिहास रचेको देखिन्छ । यसै दिनलाई सम्झना गरेर हालसम्म पनि फोटो दिवस वैशाख १३ गतेलाई मनाउने गरिएको छ ।

त्यसबेलाको परिवेशलाई ख्याल गरेर गोरखापत्रको प्रकाशन गरेको देखिन्छ । प्रकाशन कालदेखि नै गोरखापत्र सरकारी संयन्त्रको रुपमा रहेको पाइन्छ । यसबाट जनतामा सोझै र प्रत्यक्ष रुपमा फाइदा पुग्नुभन्दा पनि सरकारले सूचनाको क्षेत्रमा नेपालमा राम्रै काम गरिरहेको छ भनेर विदेशीलाई देखाउन मात्र यसो गरिएको हो कि जस्तो देखिन्छ भनेर इतिहासविद्ले विचार व्यक्त गरेको पाइन्छ । १९५८ देखि प्रकाशन शुरु भएको गोरखापत्रले विक्रम सम्वत २००७ सालसम्म खासै प्रगति गरेको देखिँदैन । निरन्तर प्रकाशन भएको देखिन्छ तर यसको उल्लेखनीय विकास र प्रवद्र्धन भएको भने पाइँदैन । साप्ताहिक रुपमा प्रकाशन भएको गोरखापत्र शुरुमा सोमबार प्रकाशन भएको भएपनि १९९१ देखि प्रत्येक शुक्रबार प्रकाशन भएको पाइन्छ । विक्रम सम्वत् १९८४ साल वैशाख १३ गते एउटा तस्बिर पहिलो पटक प्रकाशन गरेर गोरखापत्रले फोटो पत्रकारिताको इतिहास रचेको देखिन्छ । यसै दिनलाई सम्झना गरेर हालसम्म पनि फोटो दिवस वैशाख १३ गतेलाई मनाउने गरिएको छ ।

विक्रम सम्वत २००० असोज २९ देखि गोरखापत्र साताको दुई पटक प्रकाशन हुन थालेको पाइन्छ । त्यस्तै २००३ को पुस ८ गतेदेखि सातामा ३ पटक गोरखापत्रको प्रकाशन हुन थालेको देखिन्छ । विक्रम सम्वत २००२ भन्दा अगाडि समाचर संकलनका लागि कुनै पत्रकार वा संवाददाता व्यवस्था गरिएको थिएन । तर २००२ को शुरुदेखि नै काठमाडौं उपत्यकामा समाचार संकलनका लागि पत्रकारको व्यवस्था गरिएको देखिन्छ ।

समग्रमा हेर्दा विक्रम सम्वत १९५८ देखि २००७ सालसम्म लगभग पचास वर्षको इतिहासमा गोरखापत्रको खासै विकास भएको देखिँदैन । आधा शताब्दीमा कुनै प्रकाशनको एउटा कालखण्ड महत्वपूर्ण मान्नुपर्ने हुन्छ । यो अवधिमा शुरुमा गोर्खापत्र लेखिँदै आएकोमा १९९३ मा गोरखापत्र लेख्न थालिएको, काठमाडौं उपत्यकामा समाचार संकलकको व्यवस्था गरिएको र सातामा तीन पटक प्रकाशन गर्ने व्यवस्था गरिएको बाहेक अरु खास प्रगति र व्यवस्था गरेको देखिँदैन ।

नेपालको पत्रकारिताको इतिहासमा गौरवमय इतिहास बोकेको गोरखापत्रले आज सबै भाषाका नेपाली जनताको मन जित्ने लेख, रचना तथा समाचारहरु प्रकाशित गरेर आफूलाई अलग धार र मान्यतामा प्रस्तुत गरिरहेको छ । यो नेपाली पत्रकारिताको मेरुदण्डको रुपमा युग युगसम्म ठडिइरहनेछ र राष्ट्रिय पत्रकारितालाई पनि उँचो बनाउन सहारा दिइरहने छ ।

२०१७देखि२०४६सम्म:
सातामा तीनपटक प्रकाशन हुँदै आएको गारेखापत्रलाई विक्रम सम्वत २०१७ साल फागुन ७ गतेदेखि दैनिक प्रकाशन आरम्भ गरेको पाइन्छ । यसलाई गोरखापत्रको इतिहासमा महत्वपूर्ण फड्को मान्न सकिन्छ । सम्वत २०१९ मा गोरखापत्र संस्थान ऐन जारी भएको देखिन्छ । त्यस्तै २०१९ मै गोरखापत्रले शनिबारको परिशिष्टाङ्कको प्रकाशन शुरु गरेको देखिन्छ । २०१९ मा गोरखापत्र संस्थान ऐन जारी गरेर २०२० मा गोरखापत्र संस्थानको स्थापना गरी गोरखापत्र दैनिकलाई संस्थागत रुपमा प्रकाशनको व्यवस्था गरिएको देखिन्छ । त्यस्तै २०१९ मा नै गोरखापत्रको सन्ध्याकालीन प्रकाशनसमेत गरिएको देखिन्छ पछि २०२२ असोज १२ गतेसम्म यसले निरन्तरता पाएको देखिन्छ । २०२१ मा पहिलो पटक द नेप्लिज पर्सपेक्टिभ नामको अंग्रेजी पत्रिका पनि प्रकाशन शुरु गरेको देखिन्छ । र यसले २०३२ सम्म निरन्तरता पाएको देखिन्छ ।

विक्रम सम्वत २०२२ पुस १ गते गोरखापत्रको सहप्रकाशनको रुपमा अंग्रेजी दैनिक – द राइजिङ नेपाल, २०२५ सालदेखि साहित्यक मासिक मधुपर्कको प्रकाशन शुरु भएको पाइन्छ । द राइजिङ नेपाल र मधुमर्क हालसम्म पनि निरन्तर प्रकाशित भइरहेको पाइन्छ । त्यस्तै युवालाई लक्षित गरी २०४५ असारदेखि युवामञ्च नामको मासिक पत्रिका पनि प्रकाशन भएको पाइन्छ । २०४६ सालदेखि मात्र गोरखापत्रलाई कम्प्युटर प्रविधिबाट प्रकाशन शुरु गरिएको देखिन्छ । यस हिसाबले हेर्दा गोरखापत्रको इतिहासमा २०१७ देखि २०४६ सम्मको करिब तीस वर्षको अवधिलाई गोरखापत्रको स्वर्णकाल पनि भन्न सकिन्छ ।

विक्रम सम्वत् १९८४ साल वैशाख १३ गते एउटा तस्बिर पहिलो पटक प्रकाशन गरेर गोरखापत्रले फोटो पत्रकारिताको इतिहास रचेको देखिन्छ । यसै दिनलाई सम्झना गरेर हालसम्म पनि फोटो दिवस वैशाख १३ गतेलाई मनाउने गरिएको छ ।

२०४७देखिहालसम्म:
विक्रम सम्वत २०४६ को अन्तिमतिर नेपालमा पञ्चायत व्यवस्थाको अन्त्य भई पुनः बहुदलीय प्रजातन्त्रको स्थापना भएपछि गोरखापत्रमा पनि केही परिवर्तन हुँदै आएको पाइन्छ । २०४७ साल वैशाखदेखि सन्डे डिस्प्याच नामको अंग्रेजी पत्रिका पनि प्रकाशन शुरु भएको देखिन्छ । २०४७ सालदेखि नै मुना नामको बालबालिकाका लागि मासिक पत्रिका शुरु भएको हो । त्यस्तै २०५५ देखि पारिवारिक मासिक पत्रिका मनोरमाको प्रकाशन गरिएको हो ।

गोरखापत्र प्रकाशनको इतिहासलाई फड्को मार्दै २०५९ असार १० गतेदेखि गोरखापत्र रंगीन कलेवरमा प्रकाशित हुन थालेकोमा हालसम्म यही गतिमा प्रकाशित भइरहेको छ । २०६४ सालको राजनीतिक परिवर्तनपश्चात गोरखापत्रले नयाँ नेपाल शीर्षक दिएर नेपालको विविध भाषामा लेखहरु प्रकाशन गर्दै आएको छ । जसमा अवधि, उर्दु, बराम, भोजपुरी, मगर लागयतका २५ भाषाका सामग्रीहरु प्रकाशित भइरहेको छ । २०७२ फागुन १७ गतेको नेपाल सरकारको निर्णयअनुसार गोरखापत्रको स्थापनाकाे दिन वैशाख २४ गतेलाई नेपालमा पत्रकारिता दिवसको रुपमा मनाउन थालिएको छ ।

हाल नेपालमा दैनिक, साप्ताहिक, मासिक गरेर सयौं पत्रपत्रिकाहरु प्रकाशित भइरहे पनि गोरखापत्रको फरक परिचय र अस्तित्व रहेको छ । अहिले जति नै पत्रकारिताको विकास भए तापनि गोरखापत्रलाई नेपालको पत्रकारितको इतिहासमा जेठो पत्रिकाको रुपमा सबैले सम्मान गरेको देखिन्छ ।

प्रविधिको विकाससँगै आविष्कार भएको इन्टरनेट प्रविधिलाई पनि आत्मसात् गरी गोरखापत्रले पछिल्लो समय इन्टरनेटको माध्यमबाट विश्वव्यापी रुपमा www.gorkhapatraonline.com मार्फत विश्वभर तत्काल पढ्न सकिने व्यवस्था गरेको छ ।

निष्कर्ष :
विक्रम सम्वत १९५८ सालमा शुरु भएको गोरखापत्रले हाल एक सय अठार वर्षमा पनि आफ्ना प्रकाशन सामग्री बढाउँदै आएको छ । हाल नेपालमा दैनिक, साप्ताहिक, मासिक गरेर सयौं पत्रपत्रिकाहरु प्रकाशित भइरहे पनि गोरखापत्रको फरक परिचय र अस्तित्व रहेको छ । अहिले जति नै पत्रकारिताको विकास भए तापनि गोरखापत्रलाई नेपालको पत्रकारितको इतिहासमा जेठो पत्रिकाको रुपमा सबैले सम्मान गरेको देखिन्छ । नेपालको पत्रकारिताको इतिहासमा गौरवमय इतिहास बोकेको गोरखापत्रले आज सबै भाषाका नेपाली जनताको मन जित्ने लेख, रचना तथा समाचारहरु प्रकाशित गरेर आफूलाई अलग धार र मान्यतामा प्रस्तुत गरिरहेको छ । यो नेपाली पत्रकारिताको मेरुदण्डको रुपमा युग युगसम्म ठडिइरहनेछ र राष्ट्रिय पत्रकारितालाई पनि उँचो बनाउन सहारा दिइरहने छ ।

वास्तवमा हामीले अहिले गरिरहेको नेपाली पत्रकारिताको मूल आधार नै गोरखापत्र हो । गोरखापत्र पढेर पत्रकारिता गर्ने हजारौँ पत्रकारहरुको प्रेरणाको स्रोत गोरखापत्रलाई नै मान्न सकिन्छ ।

सन्दर्भसामग्री:
१. आचार्य, भानुभक्त, आमसञ्चार र पत्रकारिता अध्ययन, निमा पुस्तक प्रकाशन, काठमाडौं ।
२. खनाल, श्रीराम (२०७१), मिडिया नीतिशास्त्र र कानुन, विद्यार्थी पुस्तक भण्डार, काठमाडौं ।
४. गोरखापत्र संस्थानबाट प्रकाशन भएका गोरखापत्र दैनिक, द राइजिङ नेपाल, मधुपर्क, युवामञ्च मासिक तथा मुना मासिक पत्रपत्रिका ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest