भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हुने

स. सम्बाददाता

सरकारले भदौ १ गते बाट आन्तरिक तथा अन्तर्राष्ट्रिय  उडान संचालन गर्ने निर्णय गरेको छ । कोभिड १९ को महामारीका कारण  सरकारले चैत ९ देखि अन्तर्राष्ट्रिय उडान र ११ देखि आन्तरिक तर्फका व्यावसायिक उडान बन्द गरेको थियो । कोरोना संक्रमण जोखिम बढ्न सक्ने भन्दै बन्द भएका व्यावसायिक हवाइ उडान करिब पाँच महिनापछि खुल्न लागेका हुन् ।

यसरी व्यावसायिक उडान पुनः सञ्चालन हुने भयपछी पर्यटन ब्यबसायीहरुले सरकारको निर्णयको स्वागत गर्दै उत्साही भयका छन् ।उडान गर्दा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका नियमहरूका बारेमा भने पर्यटन मन्त्रालयले उडान प्रोटोकल तयार पार्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बतायका छन् ।यद्यपी नागरिक उड्डन प्राधिकरणले कोरोनापछिको उडान सञ्चालनका लागि एयरपोर्ट, एयरलाइन्स तथा यात्रुका लागि नियमहरू बनाइसकेको छ।यस अघि विश्व स्वास्थ्य संगठनले तय गरेका स्वास्थ्य सुरक्षाका नियम पालना गर्दै उडान सुरू गर्न सकिने पर्यटन मन्त्रालयको अध्ययन प्रतिवेदनको निष्कर्ष थियो।

सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका उडान खुलाउने निर्णय गरे पनि अन्तर्राष्ट्रिय तर्फका सबै देश र गन्तव्यमा भने उडान एकैपटक हुने सम्भावना छैन।उडान हुने दुवै देशका समान नीति र निर्णयका आधारमा मात्र उडान हुन सक्ने छन।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest