प्रस्तावित पर्यटन विधेयकमा पर्बतिय पर्यटन संजालको सुझाब

स.सम्बाददाता-

नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन ऐन संसोधनका लागि प्रस्तावित पर्यटन बिधेयक तयार गरेको छ ।

पर्यटन संग आबद्द संघ संस्थाह्हरुको चरनबद्द छलफल पछी मन्त्रालयले पर्यटन बिधेयक तयार गरेको हो । उक्त बिधेयकको दफा २८ उपदफा ५ मा संसोधन गरि  पदयात्रामा जादा बिदेशी पर्यटकले बिशेस नियन्त्रित वा निषेधित क्षेत्र,राष्ट्रिय निकुन्ज ,संरक्षित क्षेत्र र  २५०० मिटर उचाई भन्दा माथि पदयात्रामा जादा पर्यटकले इजाजत प्राप्त ट्रेकिंग कम्पनि मार्फत पथप्रदर्शक साथमा लिई जानु पर्ने व्यवस्था मिलाउन दिगो पर्वतीय पर्यटन संजाल समुहले पर्यटन मन्त्रि योगेश भट्टराईलाई सुझाब पेश गरेका छन्

सन्जालका संयोजन समुहले टानमा पत्रकार समक्ष बिधेयकमा उक्त कुरा समाबेश गर्न मन्त्रालयको ध्यानाकर्षण गराएको जनायका छन् । संयोजन समुहका जयनाथ भण्डारी ,अम्बर तामाङ्,मनराज गुरुङ ,एन .डी क्षितिज,शेषकान्त शर्मा लगायतका व्यक्तिले दिगो पर्बतिय पर्यटनको बिकाशका लागि आफुहरुले राखेको सुझाब बिधेयकमा समाबेश हुनु पर्ने कुरा ब्यक्त गरेका छन् ।

टानकि महासचिब सरिता लामाले टानले बिगत लामो समय देखि  पदयात्रामा जादा कम्पनि मार्फत गाइड लानु पर्ने व्यवस्था हुनु पर्ने माग राख्दै आयको र हाल संजालका साथीहरुले उठायको मागलाई पर्यटन मन्त्रालयले ध्यान दिनु पर्ने बताउनु भयो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest