उच्च हिमाली क्षेत्रमा बसोबास गरेका मानिसबारे अनुसन्धान गरिने

नेपाल बिश्वको सर्बोच्च शिखर सगरमाथाको देश हो ।समुन्द्री सतह देखि सबै भन्दा अग्लो स्थानमा मानब बस्ति भयका कारण एस क्षेत्रका मानिसहरुको जिबन शैली र उनीहरुको रहनसहन एबम शारीरिक क्षमताका बारेमा बेला बेलामा अध्ययन अनुसन्धान हुदै आइरहेको छ ।

  समुन्द्री सतह देखि ३५०० मिटर माथि बसोबास गर्ने मानिसहरु शेर्पा,राई,गुरुङ,मगर लगायत अन्य जातजातिहरुको शारीरिक क्षमताको बारेमा ‘राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्म अमेरिकाको एक संस्थाले अनुसन्धान गर्ने भयको छ । अनुसन्धानका लागि त्यस भेगका बासिन्दाहरुको रगत परिक्षण समेत हुने बुझियको छ। वेरियण्ड वायो नामक कम्पनीले नेपालकै प्रोफेसर, विज्ञहरुसँगको साझेदारीमा खोज अनुसन्धान गर्न लागेको बुझिन आयको छ

 यस विषयमा त्यसभेगका बुद्धिजिविहरुसँग समेत अनौपचारिक छलफल भएको छ । कतिपय संघ संस्था एबम व्यक्तिहरुले यस बिषयमा अनाबश्यक भ्रम फैलाउन खोजेको पाइयो । नेपाल सरकारको सम्बन्धित निकाएबाट आबस्यक कानुनी प्रक्रिया पुर्याई अनुमति लियर अध्ययन अनुसन्धान गर्न सकिन्छ। व्यक्तिले आफ्नो सरिरको रगत दिने नदिने भन्ने कुरा उसको नैसर्गिक अधिकार हो ।  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest