अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अर्को अनियमित कार्य

स.सम्बाददाता

नेपाल पर्वतारोहण संघ अन्तर्गत पोखरामा अबस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय एशियाकै नमुना पर्वतीय संग्रहालय हो । आरोहण खेलकुदको विकास गर्ने उद्देश्यले संग्रहालय भित्र फ्रान्सेली नागरिक हेनरी सिगारेको विशेष पहलमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय भित्र क्लाइम्वीङ वाल निर्माण गरियको छ ।

   झण्डै १० वर्ष अगाडी निर्माण गरिएको उक्त वाल संघले भत्काउने भयको छ । वालको जगबलियो नभएको बहाना बनायर भत्काउन लागिएको जानकारी प्राप्त हुन आएको छ । अन्य देशकानागरिकले आर्थिक श्रोत संकलन गरी निर्माण गरिएको र तत्कालिनफ्रान्सेली राजदूतले उद्घाटन गरेको उक्त वाल भत्काउनु पूर्व कुटनीतिक रुपमा सम्वन्धित देशका नागरिक तथा बनाउने व्यक्ति र राजदूतावासलाई औपचारिक जानकारी समेत गराइएको छैन ।

 उक्तवाल साँच्चिकै खतरापूर्ण रहेको हो भने वाल निर्माणको समयमा रहेको पदाधिकारी, विशेष पहलगर्ने फ्रान्सेली नागरिक हेनरी सिगारे तथा प्रान्सेली राजदूतावाससंग कुनै औपचारिक छलफल समेत गरियको  छैन । एउटा कार्य समितिले गरेको कार्यलाई अर्को कार्य समितिले अपनत्व ग्रहण गर्न नसक्नु भनेको संस्थाको विकासको लागि घातक हो । यस सम्वन्धमा फ्रान्सेली राजदूतावास र हेनरी सिगारेले पूर्ण रुपमा अनविज्ञता व्यक्त गरेका छन् । संस्थाको यस घातक कार्यले भविश्यमा कुनै पनि अन्तरास्ट्रिय संघले नेपाल पर्वतारोहण संघ संग सहकार्य गर्न दश पटक सोच्ने छ । वर्तमान कार्यसमितिले हालसम्म संस्थाको साख बृद्दी हुने कुनै पनि निर्माण कार्य गर्न नसकेको यर्थात छदैछ । संस्थाले भोगचलन गर्दै आएको ककनीस्थित अन्तर्राष्ट्रिय पर्वतारोही स्मृति उधानले  ओगटेको जग्गा नेपाल सरकारलाई फिर्ता दिने र संघले हिमाल आरोहण वापत उठाउने राजश्व नेपाल सरकारको खातामा जम्मा गर्ने निर्णयमा हस्ताक्षर गर्ने कुकृत्यमा भने संघको वर्तमान कार्यसमितिले सफलताप्राप्त गरेको छ ।

 सो वाल भत्काउनको लागि ठेक्का पाउने कार्य आरुसी कन्स्ट्रक्सनले पाएको र उक्त ठेकेदारका तर्फबाट गुणराज बास्तोलाले जिम्मा पाएका  छन् । कार्य समिति तथा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय समितिका सदस्यहरुबाट प्राप्त जानकारी अनुसार संग्रहालयमा कार्यरत कर्मचारीहरुले यूनियन खडा गरेपछि सो यूनियन विघटन गराउन कार्य समितिका तर्फबाट कोषाध्यक्ष सुदर्शन न्यौपानेको विशेष पहलमा जिम्मा पाएका अवसरवादी तथा विचौलिया वास्तोलाले यूनियनमा आबद्द कर्मचारीहरुलाई धम्काउने, फकाउने कार्यमा प्रमुख भूमिका खेल्दै आयका छन् । सो कार्य गरे वापत वास्तोलालाई पूरस्कार स्वरुप वाल भत्काउने जिम्मा प्रदान गरी कमिसनको खेल समेत रहेको जानकारी समेत प्राप्त हुन आएको छ ।

वर्तमान कार्यसमितिको पदावधी समाप्त भै सकेको अवस्थामा कमीसनको लोभमा विभिन्न निर्माण कार्यहरुको संचालन तथा संग्रहालय परिसरमा रहेको रेष्टुरेन्ट संचालन कार्यमा समेत कार्य समितिका केही पदाधिकारी तथा सदस्यहरुको विशेष स्वार्थ देखिएको छ । यस्तो प्रकारको अहम निर्णय गर्दा संग्रहालयमा समितिको भूमिकालाई समेत गौण बनाई कार्य समिति स्वयं अगाडी बढेको पाइएको छ ।आफ्नो कार्यकाल सकिदा समेत स्थाई कर्मचारीलाई निस्काशन गरि करारमा रहेका कर्मचारीलाई अन्तरिक बढुवा गरि स्थाई गर्ने जस्तो गैर जिम्मेवार कार्य गर्न तल्लिन कार्यसमितिले गरेका कतिपय निर्णयहरु बेरुजुमा जाने देखिन्छ। नया कार्यसमिति चयन गर्न निर्बाचनको तयारीमा नलागी कामचलाउमा परिणत भैसकेको कार्यसमितिले बिबादित काम गरेको भन्दै कार्यसमितिका सदस्यहरु तथा साधारण सदस्यहरु रुस्ट बनेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest