मुल्कोटमा अबस्थित ताज रिभर साइड रिसोर्ट पुन संचालनमा

सिन्धुलीको सुनकोशी गाउँपालिका मुल्कोटमा अबस्थित ताज रिभर साइड रिसोर्ट पुन संचालनमा आयको छ । कोभिड़का कारण बन्द रहेको ताजले पर्यटन संग आबद्द संघ संस्थाका कार्यसमिति तथा पर्यटन ब्यबसायी र पर्यटन पत्रकार सहितको टोलीलाई रिसोर्टमा स्वागत गरि रिसोर्टमा उपलब्ध सेवा सुविधाका बारेमा जानकारी गरायको छ ।

मुल्कोटमा रहेको सुनकोशी रिभर साइड रिसोर्टमा सुबिधा सम्पन्न कोठा,रेस्टुरेन्ट र स्विमिङ पुलले स्वदेसी तथा बिदेशी पर्यटकलाई आकर्षित गरेको रोसोर्टका  संचालक तथा फाम ट्रीपका संयोजक नबराज दाहाल बताउछन । ताज रिसोर्टले सबै प्रकारका पर्यटकलाई स्वागत गर्न सक्ने र सभा हलको समेत ब्यबस्था छ । लामो समय पर्यटन ब्यबसाय गर्दै आयका  साथीहरुको समूह बनायर मुल्कोटमा पर्यटक स्तरीय रिसोर्ट संचालनमा ल्यायपछी मुल्कोट अहिले पर्यटकीय गन्तब्य बनेको रिसोर्टका प्रबन्ध निर्देशक मनोज श्रेष्ठ बताउछन ।त्रिशुली र भोटेकोशी किनारमा पर्यटकको चहलपहल बढेपछी सुनकोशी किनारमा पनि पर्यटन विकास गर्न सकिन्छ भनेर स्तरीय रिसोर्ट संचालनमा ल्याएको उनि बताउछन ।

 ।ताज रिसोर्टमा आयका पर्यटकले खाडादेवी मन्दिर , सिन्धुलिगढ़ी लगायतका स्थानमा घुम्न सक्ने र सुनकोशी नदीको किनारमा र्याफ्टिङ सहित साहसिक गतिबिधि गरेर आनन्द लिन सकिने रिसोर्टका अर्का संचालक बोधराज भण्डारीले बताय  । काठमान्डौबाट बर्दिवास जाने मार्गमा रहेको ताज रिसोर्ट ९० किलोमीटरको दुरीमा अबस्थित रहेकाले यात्रुहरुका लागि खानपान र बसोबासका लागि राम्रो व्यवस्था रहेको उनले बताय । रिसोर्टमा सेमिनार हल सहित एक सय जनालाई खान बस्नका लागि सुबिधा उपलब्ध रहेको संचालक मध्यका तेज जर्गा बताउछन ।

पहिलो पटक रिसोर्टमा पुगेका नागरिक उड्डयन प्राधिकरणका बोर्ड सदस्य तथा पर्यटन ब्यबसायी डा. लेखनाथ भण्डारी रिसोर्टको बाताबरण रमणीय रहेको  र पर्यटकलाई आकर्षित गर्ने बताउछन ।  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest