ललितपुरको बुङ्मति सम्पदा संरक्षणमा इयूको सहयोग

स.सम्बाददाता

ललितपुरको ऐतिहासिक क्षेत्र बुङ्मति सम्पदास्थलमा रहेको मठ मन्दिरहरुको मर्मत सम्भार कार्य तिब्र गतिमा संचालन भईरहेका छन्

यूरोपियन यूनियनको आर्थिक सहयोगमा स्विच एशिया कार्यक्रम अन्तर्गत पर्या सम्पदा परियोजना संचालित छ ।परियोजना अन्तर्गत रहेर यु.एन हाबीटाटले  बुङ्मति सम्पदा संरक्षण कार्यलाई अगाडी बडाएको हो । बुङ्मति सम्पदास्थलको मर्मत-सम्भार गरि संरक्षण कार्य गरिरहेको परियोजनाका बरिस्ठ कार्यक्रम अधिकृत प्रविन बज्राचार्यले बतायका छन् ।

बुङ्मतिमा संचालन भईरहेको पर्या सम्पदा परियाजनाको नेपालका लागि यूरोपियन यूनियनको राजदुत नोना डिप्रेले फागुन १२ गते स्थलगत निरीक्षण भ्रमण गरेकी छन् ।भ्रमणका क्रममा स्थानीयवासीले नेवारी संस्कृति अनुसार स्वागत गर्नुका साथै राजदुत नोनाले ललितपुरको २२ नम्बर वडामा हस्तकला तालिम केन्द्र सहितको बहुउद्देश्यीय भबनको शिलान्यास समेत गरिन ।

परियोजना अन्तर्गत बुङ्मतिको ढोकातिनी फल्चा मर्मत,देपु पोखरी निर्माण,साइकल पार्क,बिश्राम स्थल, बुङ्मति संग्रहालय,मछिन्द्र बहालको ता फल्चा मर्मत सम्भार,प्रथम पुर् बिहार मर्मत कार्य सम्पन्न गरेको छ ।

ललितपुरका मेयर चिरिबबू महर्जनले राजदुत नोना डिप्रेलाई सम्पदास्थल अबलोकन गराउनुका साथै नेवारी संस्कृतिको बारेमा जानकारी गराएका थिय ।२२ नम्बर वडाका अध्यक्ष अम्बिर राज शाक्यले भुकुम्प बाट धोस्त भयको सम्पदा मर्मत तथा संरक्षणमा सहयोग गर्ने इ.यू लगायत संस्थालाई धन्यवाद दिदै सम्पदा मार्ग नक्शा इ.यू लगायत संस्थालाई हस्तान्तरण गरेका थिय।

बुङ्मतिको सम्पदा संरक्षणमा लुमन्ती,सी.आइ.यू.डी,सभा नेपाल र आइ.एच.एस संस्था संलग्न छन् ।सन् २०१८ बाट संचालनमा रहेको परियोजना सन् २०२१ को डिसेम्बरमा सम्पन्न हुने बताईएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest