नेपाल पर्वतारोहण संघ कार्यसमिति सदस्य डा.श्रेष्ठले दिए राजीनामा ,अरुले पनि दिने

स.सम्बाददाता

नेपाल पर्वतारोहण संघ केन्द्रिय कार्यसमिति सदस्य प्र.डा.हरि प्रसाद श्रेष्ठले कार्यसमिति सदस्यबाट राजिनामा दिएका छन् । संघको वर्तमान  केन्द्रिय कार्यसमिति २०७४ श्रावन २१ गते भयको निर्बाचनबाट  निर्बाचित भई २०७४ भाद्र ४ गते पदभार ग्रहण गरेको र संघको बिधान अनुसार कार्यसमितिको पदावधि  ३ बर्ष रहने भएको र सो अनुरुप कार्यसमितिको पदावधि समाप्त भैसकेको हुनाले यस कार्यसमितिमा बसिरहन उचित नभएको जनाउदै प्र.डा.हरि प्रसाद श्रेष्ठले राजिनामा दिएका छन् । संघका अन्य पदाधिकारी तथा कार्यसमिति सदस्यहरु पनि राजिनामा दिने मनस्थितिमा रहेका छन् ।

स्मरण रहोस संघले निर्बाचन गर्नुको सट्टा साधारण सभाको सूचना निकालेपछि पाटन उच्च अदालतको अन्तरिम आदेसबाट साधारण सभा रोकियको थियो । अदालतको आदेस पछि संघका सल्लाहकार डा.गणेश गुरुङले पनि कार्यसमितिको पदावधि सकियकोले तत्काल कार्यसमितिको बैठक बसी चुनाबको मिति तोक्न सल्लाह दियको बताएका छन् ।संघले हालै पर्यटन क्षेत्रका सबै राजनीतिक दल निकट ब्यबसायीलाई होटल एलो प्यागोडामा बोलाई सुझाब मागेको थियो । बैठकमा बिधान सम्मत वर्तमान कार्यसमितिले ३ वटा बार्षिक साधारण सभा गरिसकेको र तत्काल निर्बाचन गरि नया कार्यसमितिलाई साधारण सभा गर्न दिनु पर्ने कुरा सहभागीले राखेको बताईएको छ ।केहिले भने तिन बर्षे कार्यकाल भयको कार्यसमितिले जतिवटा पनि बार्षिक साधारण सभा गर्न पाउने जस्ता कुतर्क गरेको एक सहभागीले बताएका छन् ।

बर्तमान कार्यसमितिका अध्यक्ष एक लौटी ढंगले आगाडी बढेको र बैठकमा असहमति समेत लेख्न नदिने, मापदण्ड बिपरित कार्यसमितिका पदाधिकारीले आफ्ना परिबारका सदस्यलाई मनपरी सदस्यता वितरण गर्ने,छानबिन समितिले अयोग्य ठहर गरेका व्यक्तिलाई समेत सदस्यता वितरण गर्ने जस्ता कार्य भएको श्रोत बताउछ ।मनोमानी किसिमले उपसमितिहरु पुनर्गठन गर्ने र उपसमितिमा आफ्ना परिबारका सदस्य राख्ने र पछि उनीहरुलाई साधारण सदस्यता दिलाउने जस्ता खेलमा वर्तमान कार्यसमिति रहेको श्रोत बताउछ ।

मापदण्ड बिपरित वितरण गरियका सदस्यहरुलाई बैधानिकता दिलाउन वर्तमान कार्यसमिति निर्बाचन नगरी साधारण सभा गर्न लागि परेको एक सदस्य बताउछन ।    

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest