हिमालयन उद्धार संघले सगरमाथा आधारशिबिरमा डाक्टर पठायो

काठमाडौँ / हिमालयन उद्धार संघ नेपालले बसन्त ऋतु सुरु भय संगै सगरमाथा आधार शिबिरका साथै मनाङ र फेरीचे स्वास्थ्य चौकीका लागि डाक्टरहरु पठाएको छ ।संघले पर्यटक सिजन अबधिभर तिनै ठाउमा निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले ५ जना डाक्टर पठायको प्रेस बिज्ञप्ति मार्फत जानकारी गरायको छ ।

संघले सगरमाथा आधारशिविर लस्कर मार्गमा पर्ने फेरिचे (४२५० मी.) एवम् राउण्ड अन्नपूर्ण पैदल मार्गमा पर्ने मनाङ जिल्लाको मनाङ गाउ‘ (३५५० मी.) मा स्थायी रुपले स्वास्थ्य चौकी स्थापना गरी स्वयंसेवी डाक्टरहरुको संलग्नतामा त्यहॉका स्थानियवासिन्दा, त्यहॉ पदयात्रामा जाने स्वदेशी एबम बिदेशी पर्यटक, पर्वतारोही, पथप्रदर्शक, पर्यटक सहयोगी एवम् अन्य व्यक्तिहरुलाई स्वास्थ्य सेवा शुलभ गराउने एवम् सिकिस्त विरामीहरुलाई उद्धार सहायता पुर्याउने कार्य गर्दै आएकोछ । त्यसैगरि संघले जनैपूर्णिमाको अवसरमा गोसाइकुण्डमा नियमित रुपमा स्वास्थ्यशिविर सञ्चालनगरि तीर्थयात्रीहरुलाई समेत आवश्यक स्वास्थ्य सेवा शुलभ गराउ‘दै आएकोछ ।

सन् २००३ देखि संघले सगरमाथा आधार शिविरमा अस्थाई शिबिर स्थापना गरी प्रत्येक वर्ष बसन्त ऋतुमा सगरमाथा आरोही, सपोर्ट स्टाफ एवम् त्यहॉ जाने अन्य कामदारहरुलाई स्वास्थ्य सेवा एवम् आकस्मिक उद्धार सहायता पुर्याउदै आएकोछ ।

संघले हाम्रो देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा समय–समयमा हुने दुर्घटना एवम् प्राकृतिक विपत्तीको बेलामा खोज तथा उद्दार कार्यमा महत्वपूर्ण योगदान गर्दै आयको संघका अध्यक्ष हरि धरेलले बतायका छन् ।सम्पूर्ण तयारी पूरा गरी स्वयंसेवी डाक्टर एवम् संस्थाका स्वास्थ्य सहायक कर्मचारी सहितको टोली गत मार्च २०, २०२१ मा प्रस्थान गरि सकेको र मार्च २२, २०२१ देखि मनाङ स्वास्थ्यचौकी संचालन भइसकेको र आजबाट फेरिचे स्वास्थ्य चौकी संचालन हुनेछ । यसै प्रकारले अप्रिल २, २०२१ देखि सगरमाथा आधार शिविर स्थित स्वास्थ्य शिबिर पूर्ण रुपमा सञ्चालन हुने र उक्त स्वास्थ्यचौकीहरु मे महिनाको अन्त्य सम्म सन्चालन हुनेछन् र आवश्यकताको आधारमा समयावधी थपघट समेत हुने अध्यक्ष धरेलले बतायका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest