भिटोफ निर्बाचनमा राज कुमार थापा समूह निर्बिरोध

काठमाडौँ , १६ चैत ।गाउँ पर्यटन प्रवद्र्न मञ्च भिटोफ नेपालको निर्वाचनका लागि एक समूहले मात्र मनोनयन दर्ता गरेका छ्न। मनोनयन दर्ता समय आज दिउसो १ बजे देखि ३ बजे सम्म तोकियकोमा राजकुमार थापा समुहले मात्र मनोनयन गरेपछि थापा समूह निर्बिरोध हुन गयको छ । निर्बाचित भयको आधिकारिक घोषणा भने चैत्र २० गते साधारण सभामा हुनेछ ।एक घण्टा समय थप्दा पनि अर्को समूह  मनोनयन दर्ता गर्न नआएको बताइएको छ ।     

 यसका साथै प्रथम उपाध्यक्षमा तारालाल धरेल , द्घितिय उपाध्यक्षमा नवराज थापा, महासचिवमा निशेष थापा, सचिबमा दिपक पाण्डे, कोषाध्यक्षमा कुलप्रसाद धिताल र सह कोषाध्यक्षमा मनहरी दाहालले मनोनयन दर्ता गरेका छन् । त्यस्तै सदस्यहरुमा शैलेस लमिछाने, हरिबहादुर बस्नेत, सृष्टि भण्डारि र सागर आचार्य रहेका छ्न ।

वर्तमान कार्यसमितिको महासचिव जस्फा पाण्डेले अध्यक्षको उम्मेदवारी दिने भानियता पनि उम्मेदवारी दर्ता गराईनन । कांग्रेस निकट मानिएकी जस्फा पाण्डे  समूह र एमाले ओली समुह निर्बाचनबाट बाहिरियको छ  ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest