किप्द्वारा पर्यटन मजदुरलाई राहत वितरण

काठमाडौं ।पर्यटन क्षेत्रको दिगो विकास र बाताबरण संरक्षण कार्यमा सक्रिय काठमाडौं इन्भाईरोन्मेन्टल एजुकेसन प्रोजेक्ट किपले कोरोना महामारीका कारण प्रभावित बनेका पर्यटन क्षेत्रका मजदुरलाई राहत स्वरूप खाध्यान्न सामाग्रीवितरण गरेको छ । बिशेस गरि रसुवा जिल्लाबाट काठमाडौँमा आई पर्यटन क्षेत्रमा   भारी बोक्ने कार्यमा संलग्न ७५ भरीयाका परिबारलाई  खाध्यान्न वितरण गर्नुका साथै ठमेल क्षेत्रका पर्यटनमा आवद्ध रिक्सा चालकहरु र कीर्तिपुरका  दृष्टिविहिन तथा किर्तिपुरमा अबस्थित आनाथ आश्रमका बालबालिकालाई राहत स्वरूप खाद्यान्न वितरण गरेको छ ।

यसअघि पनि संस्थाले पहिलो चरणको लकडाउनको बेलामा पनि करिब १५० पर्यटन मजदुरका परिवारलाई राहत वितरण गरेको थियो ।

कीर्तिपुरका  दृष्टिविहिनलाई ७ बोरा चामल र आनाथ आश्रमका १७ जनालाई १० बोरा चामल राहत वितरण गरेको हो । ठमेलका  रिक्सा चालकहरु र भारी बोक्ने भरीया गरि ७५ जनालाई भने प्रति व्यक्ति   ५ केजी चामल, १ केजी दाल र एक प्याकेट नुन वितरण गरिएको थियो ।

किपका अध्यक्ष बिमल नहर्कीले ‘कोरोना महामारीका कारण कामबिहीन पर्यटन मजदुरलाई केही राहत होस् भनेर  विभिन्न दाताको सहयोगमा खाद्यान्न सामाग्री वितरण गरिएको बताय।

लामो समयको लकडाउन र निषेधाज्ञाले ज्याला मजदुरी गरेर परिवार पाल्न धौ धौ  मजदुरहरुले आफूले पाएको यो राहत सामाग्रीले केहि दिनको छाक टार्न सहज हुने बतायका छन्।

सन् १९९१ मा स्थापना भयको एस संस्थाले पर्यटन क्षेत्रमा कार्यरत मजदुरको दक्ष्यता अभिबृदी गर्न विभिन्न तालिमहरु संचालन गर्नुका साथै बाताबरण संरक्षण तथा नेपालका दुर्गम क्षेत्रमा शिक्षा, खानेपानी तथा स्वास्थ्य सेवामा निरन्तर सहयोग गर्दै आएको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest