चाबहिल सिटि लायन्स क्लबद्वारा रक्तदान कार्यक्रम सम्पन्न

स.सम्बाददाता

काठमाडौँ चाबहिल सिटि लायन्स क्लबले राज कुमार गुरुङको अध्यक्षतामा नया कार्यसमिति गठन गरे लगत्तै असर १७ गते बिबिध सामाजिक सेवा कार्यमा संलग्न रही सक्रियता बढाएको छ ।

क्लबले गुहेश्वरि स्थित प्रणबानन्द आश्रममा रहेका बालबालिकालाई भोजन गराएको छ भने सोहि दिन चाबहिल स्थित दिर्घायु गुरु हस्पिटलमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा लायन सदस्य लगायत २१ जनाले रक्तदान गरेका थिय।

कार्यक्रममा  काठमाडौँ चाबहिल सिटि लायन्स क्लबका नया कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।रक्तदान जिबनदान भन्ने नारा सहित रक्तदान गर्नु हुने सबैलाई धन्यवाद दिदै बालबालिकालाई भोजन गराउने कार्य र रक्तदान कार्यक्रम सफलता पुर्बक सम्पन्न भयको र सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि क्लबले कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष राज कुमार गुरुङले बताउनुभयो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest