होटल ट्रेडिसन नया स्वरुपमा

स.सम्बाददाता

कोभिड १९ ले पर्यटन ब्यबसाय ठप्प छ । नेपालको पर्यटनको केन्द्र ठमेल बिगत २ वर्ष देखि सुनसान रह्यो, झन् होटलहरु त खुल्ने कुरै भयन ।कतिपय होटलहरु त बन्द नै भय ।

यसै बिचमा ठमेलको सात घुम्तीमा होटल ट्रेडिसन नया स्वरुपमा संचालनमा आयको छ । केहिदिन आघि बौद परम्परा अनुसार लामा बाट पुजा पाठ गरि होटलको बिधिबत उद्घाटन समेत गरियो । कोभिड सुरु हुनु भन्दा पहिले पुरानो भवनलाई नया स्वरूप दिन निर्माण थालियको भबन निर्माण सम्पन्न पछि उद्घाटन गरियको होटल संचालक मध्यका राम कुमार पूरी बताउछन ।

झन्डै २ बर्षको अथक मेहनत पछी होटल ट्रेडिसन पुन संचालनमा आयको छ उनले भने । होटल निर्माणमा कुनै कम्प्रोमाइज नगरी गुणस्तरीय समान प्रयोग गरि अत्याधुनिक र सुबिधा सम्पन्न बनाएको उनले बताय ।पर्यटन क्षेत्रमा तिन दशक लामो अनुभब संगालेका अनुभबी पर्यटन ब्यबसायीहरु नारायण श्रेष्ठ,बिमल नहर्की,राम कुमार पुरी र बिष्णु सुबेदी संचालक रहनु भयको छ ।

होटलमा २० वटा सुबिधा सम्पन्न डिलक्स तथा स्विट रुम रहेका छन् भने २ वटा एक्जुकेटिभ अपार्टमेन्ट र ४ वटा फेमिली अपार्टमेन्ट रहेका छन् ।सबै कोठाहरुमा बाहिरको आवाज निषेध गर्नुका साथै सुबिधा युक्त फर्निचर राखियका छन् ।होटलमा रेस्टुरेन्ट एण्ड बार,नेचुरल क्याफे,योगा एण्ड मेडिटेसन् हल,साउना स्टिम,मसाज र अकुपन्चरको समेत सुबिधा छ ।

 लिफ्टको सुबिधा रहेको होटल ट्रेडिसन एण्ड स्पालाइ आर्ट्स र हस्तकलाले सजावट गरिने बताइएको छ ।हाल सरकारको मापदण्डमा रहेर क्वारेन्टाइनको इजाजत लिएर संचालन गरिएको  संचालक राम कुमार पुरीले बताए ।      

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest