एच.आर.ए एक्सेलेंस अवार्ड स्व.प्रकाश अधिकारीलाई

काठमाडौँ- हिमालयन उद्दार संघ नेपालले ४७ औं वार्षिक साधारण सभाको अबसरमा संस्थाको पूर्व प्रमुख कार्यकारी अधिकृत स्व.प्रकाश अधिकारीको योगदानको कदर गर्दै मरणोपरान्त ‘ एच आर ए एक्सेलेंस अवार्ड – २०२१ ‘ ले सम्मान गरेको छ।

स्व.प्रकाश अधिकारी

 अढाई दशक भन्दा बढी अवधि संघमा क्रियाशील प्रमुख कार्यकारी अधिकृत स्व.प्रकाश अधिकारीको योगदानको कदर गर्दै संस्थाका अध्यक्ष हरिप्रसाद धरेल लगायत पूर्व अध्यक्षहरुले उहाँकी धर्मपत्नी तथा सुपुत्रलाई उक्त अवार्ड हस्तान्तरण गरेको थियो ।

अढाई दशकको अवधिमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहंदा  नेपालको पर्वतीय पर्यटनको विकासमा स्व. अधिकारीको उल्लेखनीय भूमिका र योगदान रहेको छ ।  श्री अधिकारीको  गत वर्ष कोभिड निमोनियाका कारण ५४ वर्षको उमेरमा निधन भएको थियो ।

यसैगरी संघद्वारा सगरमाथा आधार शिविर , फेरिचे  र मनांगमा संचालित स्वास्थ्य चौकीहरुमा स्वयमसेवा गरी योगदान गर्नु हुने विभिन्न चिकित्सकहरुलाई पनि त्यस अवसरमा सम्मान गरियो छ ।

यसअघि सङ्घको ४७ औं वार्षिक साधारण सभामा अध्यक्ष हरिप्रसाद धरेलले मनाङ ,फेरिचे , सगरमाथा आधार शिविरका  स्वास्थ्य चौकी  एवं गोसाईकुण्ड स्वास्थ्य शिविर संचालन गर्ने कार्यक्रमलाई निरन्तरता दिइने , लेक  लाग्ने रोगको रोकथामका लागि विभिन्न निकायहरुसँग सहकार्य गरिने तथा पदयात्रा र पर्वतारोहण क्षेत्रमा आवश्यक उद्धार गतिविधिमा विविध कार्यक्रम संचालन गरिने स्पष्ट पार्नु भएको थियो।

साधारणसभामा महासचिव श्रीराम खत्रीले बार्षिक कार्यक्रम तथा योजनाहरु तथा कोषाध्यक्ष सुशील कृष्ण अधिकारीले वार्षिक बजेट प्रस्तुत गर्नुभएको थियो ।

सन् १९७३ देखि देशका हिमाली भूभागमा पदयात्रा तथा पर्वतारोहण गतिविधिमा संलग्न व्यक्तिहरुको स्वास्थ्य उपचार तथा उद्धार कार्यमा संलग्न रहेको संघले मनाङ्ग , फ़ेरिचे  र सगरमाथा आधार शिविरमा संचालित स्वास्थ्य चौकीहरुमा गत वर्ष करिव ८०० नेपाली तथा विदेशीहरुलाई विविध स्वास्थ्य सेवा उपलब्ध गराएको संघले जनायको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest