पर्यटकको क्वारेन्टाइन हट्यो,अन् एराइभल भिषा पाउने

स.सम्वाददाता

नेपाल सरकारले लामो समयदेखि बिदेशी पर्यटक नेपाल आउदा दश दिनको क्वारेन्टाइन बस्नु पर्ने ब्यबस्था हटाएको छ । खोपको मात्रा पुगेका र नेगेटिभ रिपोर्ट भयका पर्यटकले  क्वारेन्टाइन  बस्नु नपर्ने भयको छ ।

प्रचलित कानुन बमोजिम अन् एराइभल भिसा पाउने मुलकका पर्यटकहरुले खोपको मात्रा पुरा गरेको प्रमाण सहित होटेल बुकिंग,पदयात्रा वा पर्वतारोहणमा जाने भय अनुमतिपत्रको प्रतिलिपि र अन्य आबस्यक कागजात प्रवेश बिन्दुको अध्यागमन कार्यालयमा पेश गरेमा भिषा प्राप्त गर्न सक्ने छन् । कोभिड़का कारण थला परेको पर्यटन ब्यबसाय सरकारको निर्णय पछी माथि उठ्ने बिश्वास व्यवसायले गरेका छन् । क्वारेन्टाइन हटाउन पर्यटन संग आबद्द संघ संस्थाहरुले सरकारलाई दबाब दिदै आयका थिय ।

नेपाल सरकारले हालै विदेशबाट नेपाल आगमन हुने र नेपालबाट  प्रस्थान गर्ने यात्रुहरुको यात्रा ब्यबस्थापन सम्बन्धि आदेश २०७८ जारी गर्दै पर्यटकहरुको लागि सहजीकरण गरेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest