चाबहिल सिटि लायन्स क्लबद्वारा क्यान्सर सचेतना कार्यक्रम आयोजना

काठमाडौँ चाबहिल सिटि लायन्स क्लबले मंसिर १८ गते चाबहिल वडा नम्बर ७ कार्यालय मित्रपार्कमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न गरेको छ । नेपाल क्यान्सर अस्पताल र काठमाडौँ महानगरपालिका वडा नम्बर ७ को सहयोगमा एक दिने क्यान्सर सचेतना कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा क्यान्सर अस्पतालका बरिस्ठ डा. सुदिप श्रेष्ठले क्यान्सर रोग बारे जानकारी गराउदै रोग लागेपछि गर्ने उपचार र रोग लग्न बाट बच्ने उपायका बारेमा जानकारी गराउनु भयको थियो । क्यान्सर अरु रोग जस्तै निको हुने रोग भयको भन्दै समयमै उपचार गर्नु पर्नी र समय समयमा क्यान्सर रोग लागे नलागेको बारे जाच गराउनु पर्ने जानकारी गराउनु भयो ।

कार्यक्रममा ७ नम्बर वडाका वडा अध्यक्ष सुद्द कुमार डंगोलले  चाबहिल सिटि लायन्स क्लबले क्यान्सर सचेतना कार्यक्रमको आयोजना गरेर क्यान्सर बारे जनचेतना जगाउने काम गरेकोमा धन्यवाद दिदै सबै नगरबासी हरुले खानपिनमा ध्यान दिनुका साथै क्यान्सर जाच गराउन आग्रह गर्नु भयो ।

 काठमाडौँ चाबहिल सिटि लायन्स क्लबका अध्यक्ष  राज कुमार गुरुङले डा.सुदिप श्रेष्ठले क्यान्सर रोगका बारेमा महत्वपूर्ण जानकारी गराउनु भयकोमा धन्यवाद दिदै क्लबले आगामी दिनमा पनि जनचेतना मुलक कार्यक्रम आयोजना गर्दै जाने बताउनु भयो ।

कार्यक्रममा  काठमाडौँ चाबहिल सिटि लायन्स क्लबका चार्टर प्रेसिडेन्ट अजय खनाल र कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा  काठमाडौँ चाबहिल सिटि लायन्स क्लब क्यान्सर सचेतना समिति संयोजक सुनिता चापागाईंले कार्यक्रम सफल बनाउन लाग्नु हुने सबैलाई धन्यवाद ब्यक्त गर्नु भयको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest