बारा ग्यालेक्सी र माहागडीमाई लायन्स क्लबको इन्डक्सन तथा इन्स्टलेसन सम्पन्न

समाज सेवामा सक्रिय काठमाडौँ चाबहिल सिटि लायन्स क्लबले कलैयामा क्लब विस्तार गरेको छ ।डिसेम्बेर १७ का दिन कलैयाको दरबार होटलमा एक कार्यक्रमको आयोजना गरि  इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल ३२५ A2 का डिस्ट्रिक गभर्नर केशब पाण्डेले लायन्समा संगठित नया सदस्यहरुलाई समाज सेवामा लाग्ने प्रतिबद्धता सहितको सपथ गराउनु भयको थियो ।

 काठमाडौँ चाबहिल सिटि लायन्स क्लबका अध्यक्ष राजकुमार गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्लबका सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्नुका साथै डिस्ट्रिक गभर्नर केशब पाण्डेले लायन्सको पिन प्रदान गर्नु भयको थियो । कार्यक्रममा काठमाडौँ चाबहिल सिटि लायन्स क्लबका पदाधिकारी र नब गठित क्लबका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest