लायन्स क्लबद्वारा निशुल्क आंखा जाचका साथै स्टेसनरी वितरण

काठमाडौं चाबहिल सिटी लायन्स क्लब र खुम्बिला संरक्षण प्रतिष्ठानको संयुक्त आयोजना तथा बारा ग्यालेक्सी लायन्स क्लब र महागडीमाई क्लबको सहयोगमा ग्यालेक्सी पब्लिक स्कूल कलैयाका ६ सय १० जना छात्र छात्राहरुको निशुल्क आँखा जाच गर्नुका साथै दलित आधारभूत बिद्यालय बरियापुरका करिब १ सय ५० जना छात्र छात्रालाई स्कुल ब्याग,स्टेसनरी र ट्रयाक सुट वितरण गरियको छ ।डा.बिमल पौड्यालले आँखा जाच गर्नु भयको थियो ।

२०७८ पुष ३ गते शनिबारका दिन भएको उक्त कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल ३२५ A2 का डिस्ट्रिक गभर्नर केशब पाण्डे,काठमाडौं चाबहिल सिटी लायन्स क्लबका अध्यक्ष राज कुमार गुरुङ तथा खुम्बिला संरक्षण प्रतिष्ठानका अध्यक्ष जिम्बा जाङ्बु शेर्पाले छात्र छात्रालाई स्कुल ब्याग,स्टेसनरी र ट्रयाक सुट वितरण गर्नु भयको थियो ।

 साथै सोहि क्षेत्रको एक अनाथालयका १६ जना अनाथलाई न्यानो कपडा ,स्कुल ब्याग र स्टेसनरी वितरण गरिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest