स.सम्बाददाता –
नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस NATTA को ५५ औ बार्षिक साधरण सभा संगै हुन लागेको निर्बाचनका लागि रमेश थापा र बिनय बस्नेत समूह प्रतिस्पर्धामा उत्रियका छन् । दुवै समुहले उम्मेदवारी दर्ता गराई सकेका।

अध्यक्षका प्रत्याशी रमेश थापाले पत्रकार सम्मलेन मार्फत मुख्यतः ट्राभल ब्यबसायमा देखियका समस्याको समाधानका लागि आफुले अध्यक्ष पदमा उम्मेदवारी दियको बतायका छन् ।आफ्नो समूह सबै हिसाबले सबल र सक्षम रहेको भन्दै सम्पूर्ण नाट्टा सदस्यहरुलाई आफ्नो समुहलाई भोट दियर जिताउन अनुरोध गरेका छन् ।

अध्यक्षका उम्मेदवार मूनसन ट्राभल्स एण्ड टुर्सका प्रबन्ध निर्देशक रमेश थापाले आफु सचिब, महासचिब हुदै हाल उपाध्यक्ष रहेर नाट्टामा कार्य गरिरहेको र आगामी दिनमा नेत्रित्वमा रहेर सदस्य कम्पनीको हित र पर्यटन पुनरुत्थानमा काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

कोरोनाका कारण सिथिल भयको पर्यटन उध्योगलाई गतिशील बनाउन पर्यटन पुनरुत्थान र एकता अबको आबस्यकता भन्ने मूल नारा लिएर रमेश थापा समूह चुनावमा उत्रियको छ ।

रमेश थापा अध्यक्ष रहेको समुहमा बरिस्ठ उपाध्यक्षमा प्रमोद दाहाल,उपाध्यक्ष बरुण मेहता,महासचिब कुमारमणि थपलिया,सचिब युबिका भण्डारी,कोषाध्यक्ष राजकुमार देवकोटा,सह कोषाध्यक्ष राजा शाक्य र सदस्यहरु ढकनाथ काफ्ले,नमराज भेटुवाल,परशुराम घिमेरे,राम शोभित नायक,डेन्डी शेर्पा,महेश कोइराला(दिपक ),श्रद्दा जोशी र सबला भण्डारी छन् ।