नाट्टा अध्यक्षमा रमेश थापा विजयी,महासचिब थपलियाले पाय धेरै भोट

स.सम्बाददाता –

 नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को अध्यक्षमा रमेश थापा बिजयी भएका छन्।बिहीबार भएको निर्वाचनको मत परिणाम अनुसार रमेश थापाले २३८ मत प्राप्त गरेका थिय भने उनका प्रतिद्वन्दी बिनय बस्नेतले १५७ मत प्राप्त गरेका थिय । मुनसन ट्राभल्स एण्ड टुर्सका सञ्चालक रमेश थापाले प्रतिद्वन्दी बिनय बस्नेतलाई पराजित गरेका हुन्।

निर्वाचनका लागि रमेश थापा र विनय बस्नेत समूह प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका थिए । सह कोषाध्यक्ष र एक सदस्य बाहेक सबै पदमा रमेश थापा समुहका उम्मेदवार विजयी भयका छन् ।

नब निर्बाचित अधक्ष्य (नाट्टा)

थापाको प्यानलबाट उम्मेद्वारी दिएका वरिष्ठ उपाध्यक्ष प्रमोद दाहालले २२१ (सुधिर कुमार उपाध्याय १७३  ), उपाध्यक्षमा वरुण मेहता २०० (सुनिल शर्मा १९३ ), महासचिवमा कुमारमणि थपलिया २५५ ( जिस्वा तुलाधर श्रेष्ठ १४५ ), सचिवमा युविका भण्डारी २४९ (प्रज्ञा शर्मा १४५ ) , कोषाध्यक्षमा राजकुमार देवकोटा २०७ (सुदर्शन नेपाल १८८ ), सहकोषाध्यक्षमा भने वस्नेत प्यानलबाट गीता ढकाल २०३ (राजा शाक्य १८४ )मत प्राप्त गरि विजयी भएका छन्।

सदस्यमा पनि एकजना बाहेक सबै थापा प्यानलबाटै विजयी भएका छन् । विजयी सदस्यहरु ढकनाथ काफ्ले२३३ , सबला भण्डारी२२९ नमराज भेटुवाल२१३ , श्रद्दा जोशी२०१, बिष्णु पाण्डे १९८, डेन्डी शेर्पा१९४ परशुराम घिमेरे१९० ,राम शोभित नायकले १८८ मत प्राप्त गरेका छन्।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest