निर्बाचन घोषणा गरेको कार्यसमितिले साधारणसभा गर्न मिल्छ ? सन्दर्भ नेपाल पर्बतारोहण संघ

स.सम्बाददाता

नेपाल पर्बतारोहण संघले यही जेष्ठ २७ र २८ गते नया कार्यसमिति चयन गर्नका लागि निर्बाचन गर्ने घोषणा गरिसकेको छ । निर्बाचन घोषणा गरिसकेको अबस्थामा कार्यसमितिले यही जेस्ठ ९ गते बार्षिक साधारणसभा गर्ने भनि सूचना जारी गर्न मिल्छ र साधारणसभा गर्न पाउछ ? सबैमा यो प्रश्न उठेको छ ।

त्यसो त यो कार्यसमितिको कार्यकाल समाप्त भैसकेको २ वर्ष भैसकेको छ । कार्यकाल समाप्त भैसके पछि कार्यसमिति स्वत कामचलाउ हुन्छ, पर्बतारोहण संघका अधिकांस  साधारण सदस्य तथा बुद्दिजिबिहरुको तर्क छ ।

कार्यकाल समाप्त भैसकेको कार्यसमितिलाई साधारणसभा नगर्न पटकपटक अदालतले आदेश दियको अवस्था छ । अघिल्लो पटक तोकेको साधारणसभा नगर्न अदालतले आदेश दियको थियो । फेरी किन साधारणसभा गर्न खोज्दै छ कार्यकाल समाप्त भैसकेको अबैध कार्यसमिति ? सबैको चासो बनेको छ ,कार्यकाल समाप्त भैसकेको कार्यसमितिले साधारणसभा बाट बिधान संसोधन गरि निर्बाचन आफ्नो पक्षमा पार्न यो खेल खेलेको यसै कार्यसमितिका सदस्य बताउछन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest