पर्वतीय उद्दारमा सक्रिय हुन हिमालयन उद्दार संघलाई मन्त्रीको सुझाब

स.सम्बाददाता –

हिमाली क्षेत्रमा पर्यटकहरुको उद्दार गरि स्वास्थ्य सेवा पुर्याउदै आयको हिमालयन उद्दार संघको ४८ औ बार्षिक साधारणसभालाई सम्बोधन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हिमालयन उद्दार संघलाई सुझाब दिनु भयको छ । मन्त्रि श्रेष्ठले नेपालको पर्यटन बर्षको दुइ सिजन् हुने गरेको सन्दर्भ बताउदै नेपालको पर्यटनलाई बर्षेनी चल्ने बनाउनु पर्ने र तेसैगरी अन्तर्राष्ट्रिय जगतमा प्रबर्दन गर्नु पर्ने बताउनुभयो ।

साधारणसभाको अवसरमा हिमालयन उद्दार संघलाई विभिन्न माध्यमबाट सहयोग गर्ने संघ संस्था तथा व्यक्तिलाई मन्त्रि श्रेष्ठले सम्मान गर्नु भयको थियो ।

कार्यक्रममा हिमालयन उद्दार संघ नेपालका अध्यक्ष हरि धरेलले नेपालको पर्वतीय पर्यटनलाई सुरक्षित बनाउन हिमालयन उद्दार संघ नेपालले बिदेशी एबम स्वदेशीलाई हिमाली क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउनुका साथै उद्दार सेवा पुर्याउदै आयको बताउनुभयो ।भाद्र १० गते होटल मनास्लुमा भयको साधारणसभामा अध्यक्ष धरेलले मनाङ् तथा फेरीचे र सगरमाथा आधार शिबिरमा संघले पुर्याएको स्वास्थ्य सेवाको बारेमा बताउदै सफा हिमाल अभियान २०२२ कार्यक्रममा नेपाली आर्मीसंग सहकार्य गरेको कुरा बताउनुभयो ।

साधारणसभामा संघका महासचिब श्रीराम खत्रीले संस्थाको प्रगति प्रतिबेदन तथा बार्षिक कार्ययोजना प्रस्तुत गर्नुका साथै कोषाध्यक्ष सुशील कृष्ण अधिकारीले लेखा परिक्षण प्रतिबेदन तथा बजेट प्रस्तुत गर्नु भयको थियो । साधारणसभाले छलफल पश्चात दुवै प्रतिबेदन  पारित गरेको थियो ।     

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest