स.सम्बाददाता
दिङ्गलाली समाजका कार्यवाहक अध्यक्ष भैरव बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका कार्यवाहक अध्यक्ष भैरव बस्नेत र प्रमुख अतिथि बीरबहादुर बस्नेतले संयुक्तरूपमा साहित्यकार सुमन वर्षालाई ‘अन्ततः यन्त्रणा’ उपन्यासका लागि ‘प्रतिभा कुल सम्मान-२०७९’ द्वारा सम्मान गर्नुभएको छ ।
प्रमुख अतिथी लगाएत वक्ताहरूले यो सम्मानले साहित्यकार सुमन वर्षालाई थप हौसला मिलोस भनि शुभकामना दिनु भयो । सम्मानित साहित्यकार वर्षाले यो सम्मानले आफुलाई लेखनमा अझ थप जिम्मेवार बनाएको कुरा ब्यक्त गर्नु भयो । शिक्षा क्षेत्र समर्पित रही साहित्य सिर्जनामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएकी स्रष्टा सुमन वर्षाको यसअघि एक उपन्यास कृति र एक कविता कृति (संयुक्त) प्रकाशित छन् ।