पर्यटनमा योगदान पुर्याउनेलाई टुरिजम हिरो अवार्ड द्वारा सम्मान गरिने

 काठमाडौं । ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले  काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै  नेपालको पर्यटन प्रबर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने ब्यक्ति तथा संस्थाहरुलाई समेटेर  विभिन्न ३१ विधामा टुरिजम हिरो अवार्डस् प्रदान गरिने जनाएको छ ।

पत्रकार सम्मेलनमा ग्लोबल टुरिजम प्रमोसन काउन्सिलका अध्यक्ष धमेन्द्र सापकोटाले नेपालमै पहिलो पटक टुरिजम हिरो अवार्डस् २०२४ आयोजना गर्न लगिएको जानकारी दिए । पर्यटन प्रबर्दनमा योगदान पुर्याउने  व्यक्ति तथा संस्थालाई प्रोत्साहित गर्ने उदेश्यका साथ् टुरिजम हिरो अवार्ड द्वारा सम्मान गर्न लागिएको उनले बताए ।  विवाद रहित ढंगले भोटिंगको माध्यमबाट  आगामी अप्रिल १९ मा काठमाडौँमा भब्य कार्यक्रमको आयोजना गरि  एक समारोहमा  अवार्डस् विजेताहरुलाई अवार्ड ट्रफी हस्तान्तरण गरिने छ ।

 कुल ३१ विधामा पाँचसय भन्दा बढीले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको यो टुरिजम हिरो अवार्डमा  होटलतर्फका १४ तथा पर्यटनका अन्य १७  नोमिनेस आजैबाट खुल्ला गरिएको छ । टुरिजम हिरो अवार्डस् २०२४ को आधिकारिक वेभसाइट टुरिजम हिरो डट ओआरजीमा गएर  नोमिनेसन फाइल गर्न सकिने छ ।

 प्राप्त पब्लिक भोटलाई आधार मान्दै सम्मानित जुरिहरुको अन्तिम निर्णयका आधारमा आगामी अप्रिल १९ तारिक विजेता घोषणा गरि टुरिजम हिरो अवार्ड ट्रफि समेत हस्तान्तरण गरिनेछ । यो सम्पूर्ण प्रकृया वेभमा आधारित र निःशुल्क हुने उनले बताए ।

पत्रकार सम्मेलनमा पर्यटन ब्यबसायी तथा जुरी मेम्बर जिम्बा जाङ्बु शेर्पा र राजन सिम्खडाले अन्तर्राष्ट्रिय जगतमा पनि अवार्डको प्रचलन रहेको र नेपालमा पनि पर्यटन क्षेत्रलाई समेटेर अवार्ड कार्यक्रम आयोजना गर्नाले पर्यटन क्षेत्रमा उत्साह जगाउनुका साथै पर्यटन प्रबर्दनमा टेवा पुग्ने बताउनुभयो ।’

अवार्डमा समवेश विधाहरु –

१। बेस्ट ट्राभल एजेन्सि अफ द इअर

२। बेस्ट ट्राभल एजेन्सि अफ द इअर होलिडे

३। बेस्ट ट्राभल एजेन्सि अफ द इअर इनबाउण्ड

४। बेस्ट टेक्नोलोजी फर ट्राभल एण्ड टुरिजम

५। सिईओ अफ द इअर हस्पिटालिटी

६। सिईओ अफ दि इअर ट्राभल

७। बेस्ट टुरिजम स्टार्टअफ अफ द इअर

८। टुरिजम पर्सनालिटी अफ द इअर(जर्नालिस्ट)

९। टुरिजम पर्सनालिटी अफ द इअर ( अन्टरप्रेन्युअर)

१०। टुरिजम पर्सनालिटी अफ द इअर (एनआरएन)

११। टुरिजम पर्सनालिटी अफ द इअर वुमन अन्टरप्रेन्युअर

१२। टुरिजम पर्सनालिटी अफ द इअर ब्राण्डिङ्ग एण्ड मार्केटिङ्ङ्ग

१३। मस्ट आईकोनिक इन्फ्रास्ट्रक्चर

१४। म्युनिसिपालिटी अफ द इअर १५। रुलर म्युनिसिपालिटी अफ द इअर

१६। मेयर अफ द इअर

१७। टुरिजम हिरो २०२४

होटलतर्फ

१। बेस्ट होटल अफ द इअर फाईभ स्टार

२। बेस्ट होटल अफ द इअर फोर स्टार

घ। बेस्ट होटल अफ द इअर थ्रि स्टार

४। बेस्ट रिसोर्ट अफ द इअर

५। बेस्ट बुटिक होटल अफ द इअर

६। बेस्ट होटल टुरिस्ट स्टाण्डर्ड नन् स्टार

७। बेस्ट चेन होटल अफ द इअर नेशनल

८। बेस्ट होटल अफ द इअर डिजाईन एण्ड इन्फ्रास्ट्रक्चर

९। बेस्ट होटल अफ द इअर इको फ्रेण्डली

१०। बेस्ट रेष्टुराँ अफ द इअर

११। बेस्ट चेन रेस्टुराँ अफ द इअर नेशनल

१२। बेस्ट सेफ अफ द इअर नेपाली

१३। बेस्ट सेफ अफ द इअर इन्टरनेशनल

१४। बेस्ट क्यासिनो अफ द इअर

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest