सर्वोच्चको मुद्दा धाँधलीपूर्ण निर्वाचन गराउने तत्कालिन कार्यसमिति विरुद्ध हो – जिम्बा जाङ्बु शेर्पा

नेपालको पर्वतिय पर्यटनमा लामो अनुभव सँगाल्नु भएका जिम्बा जाङ्बु शेर्पा पर्वतारोहणको क्षेत्रमा परिचित व्यक्तित्व हुन् । नेपालबाट फ्रान्समा गई पर्वतारोहण तालिम लिने पहिलो समूहका एक व्यक्ति जिम्बा जाङ्बु शेर्पा नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष हुन् । एटलाण्टे माउन्टनियरिङ् टे«किग् र खुम्बिला भोयज टुर्स एण्ड ट्राभलल्सका सञ्चालक जिम्बा जाङ्बु शेर्पासँग नेपालको पर्वतिय पर्यटन र नेपाल पर्वतारोहण संघसँग केन्द्रित रही गरिएको कुराकानीको अंशः
सनराइज– नेपालको पर्वतिय पर्यटनको अवस्था कस्तो छ ?
जिम्बा– अहिले पर्वतारोहणको सिजन पनि हो । द्धन्द्धकालमा बिग्रिएको पर्वतिय पर्यटन हाल सुधारोन्मुख छ । सयौं विदेशी आरोहिहरु यतिखेर हिमाल आरोहणका लागि नेपाल आएका छन् ।
सनराइज– नेपाल पर्वतारोहण संघको पूर्व अध्यक्ष हुनु हुन्छ । पर्वतारोहण संघको गतिविधीलाई कसरी लिनु भएको छ ?
जिम्बा– पर्वतारोहण संघले खासै केहि काम गर्न सकेको छैन । संघलाई प्राप्त पिकहरु झण्डै एक वर्षदेखि नविकरण हुन सकेका छैनन् । यो कार्यसमितिले पिक नविकरणका लागि पहल नै गरेको छैन । कार्यसमितिका पदाधिकारीहरु एक–आपसमा झगडा गरेर बसिरहेका छन् । कार्यसमिति र कर्मचारीहरुमा पनि मेल छैन । पर्वतारोहण क्षेत्रको प्रवद्र्धन र विकासका लागि काम गर्नु पर्ने संघले यसतर्पm ध्यान दिएको छैन । हुन त यो कार्यसमिति आपैंmमा वैधानिक कार्यसमिति होइन ।
सनराइज– किन यो कार्यसमिति वैधानिक होइन ?
जिम्बा– किनकी यो कार्यसमितिलाई तत्कालिन अवस्थामा निर्वाचन गराउने कार्यसमिति, निर्वाचन मण्डल र पर्यटन विभागबाट निर्वाचनमा खटिएका कर्मचारीलाई निर्वाचनप्रति असन्तुष्ट समूहले किटानीका साथ सर्वोच्चमा मुद्दा दर्ता गराएका छन् । सर्वोच्चको मुद्दा पैmसला नहु“दा सम्म यो कार्यसमितिले वैधानिकता प्राप्त गर्दैन । निर्वाचनमा धा“धली गरेर यो कार्यसमिति गठन भएको कुरा हामीले त्यतिबेला पत्रकार सम्मेलनको आयोजना गरी भिडियो सहितको प्रमाण पेश गरेका थियौं । खराब मानसिकता बोकेका व्यक्तिहरुले संघको बदनाम हुने गरी नक्कली परिचयपत्र बनाएर निर्वाचनमा प्रयोग गरेको प्रष्ट छ । कार्यालयभित्र सुरक्षित रहेको परिचयपत्र चोरेको भिडियोमा प्रष्ट देख्न सकिन्छ ।
सनराइज– संघलाई प्राप्त पिकहरु हालसम्म किन नविकरण गर्न नसकेको होला ?
जिम्बा– संघलाई प्राप्त पिकहरु नविकरण गर्नु हु“दैन भन्ने समूह नै पर्वतारोहण संघमा प्रवेश गरेपछि कसरी पिक नविकरण हुन्छ । नविकरण नगरेपनि संघले आरोहण अनुमति दिइएको छ भन्ने सुन्छु । यो विषयमा पर्यटन मन्त्रालय, पर्यटन विभाग किन मौन छन् म बुझिरहेको छैन । सायद उनीहरुको मिलेमतो होला ।
सनराइज– तपाईं अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघ ९ग्त्ब्ब्० संसारकै अल्पाइन क्लबहरुको छाता संगठन हो । महासंघमा ८६ वटा देशहरुका अल्पाइन क्लबहरु आवद्ध छन् । तिनै ८६ वटा देशका प्रतिनिधीले मलाई म्यानेजमेन्ट कमिटीको सदस्यमा निर्वाचित गरेका हुन् । नेपालमा हालै सम्पन्न भएको म्यानेजमेन्ट कमिटिको बैठक चलिरह“दा नेपाल पर्वतारोहण संघका जिम्मेवार पदाधिकारीले बैठक कक्ष बाहिर संघ र आरोहीहरु प्रति नै आ“च आउने गरी अमर्यादित व्यवहार गरेको भन्ने मैंले पनि सुनें । जसले नेपाल राष्ट्र र संघकै बदनाम भएको छ । साथै संघका कर्मचारीहरुप्रति सार्वजनिक स्थलमा गाली–गलौज गर्ने र उनीहरुलाई अपहेलित गर्ने काम भएको छ । यसको छानविन हुनु आवश्यक छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest