सेफ्स एशोसियशन अफ नेपालको आयोजनामा निःशुल्क दन्त शिविर तथा रक्तदान कार्यक्रम

स.सम्बाददाता –

खानामा शुद्धता तथा स्वस्थतामा हाम्रो प्रतिवद्धता भन्ने मूल नारा सहित शेफ  एशोसियशन नेपालले  जनैपूर्णिमाको अवसर पारेर  भदौ १० गते  निःशुल्क दन्त शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरको छ  ।

उक्त कार्यक्रममा पियरलाइस डेन्टल क्लिनिक, भान्सालय, आलिदेखि थालीसम्म, चौरासी व्यञ्जन, होटल रायन, ब्लर्ड डोनर्स एशोसियशन ललितपुर शाखा, प्रसुती रक्त सञ्चार केन्द्रलगायतले सहयोग गरेका थिए । कार्यक्रममा ५४ जनाले रक्तदान गर्नुभएको थियो भने १०० जनाले दाँतको चेकजाँच गर्नुभएको सेफ एशोसियशन नेपालका अध्यक्ष श्याम लामाले  जानकारी गराउनुभयो ।

कार्यक्रममा बोल्दै  अध्यक्ष  लामाले एउटा व्यक्तिले दिएको रगतले अर्को व्यक्तिको जीवन जोगिन सक्ने भएकाले एशोसियशनले सामाजिक कार्य अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो ।

“रक्तदान पुण्य काम हो, तपाईँले गरेको रक्तदानले अरु कसैको ज्यान जोगिन सक्छ, पुण्य काममा सबै सहभागी बनौँ,”– भन्दै अध्यक्ष लामाले सोही कार्यक्रममा रक्तदान  रक्तदान समेत गर्नुभएको थियो ।

 कार्यक्रमको व्यवस्थापन आलिदेखि थालीका अभियान्ता एवम् भान्सालयका प्रमुख लक्ष्मणप्रसाद भण्डारीले गर्नुभएको थियो ।

अध्यक्ष लामाले एशोसियशनको नेतृत्वमा आयोजित दन्त शिविर तथा रक्तदान कार्यक्रममा सहभागीता जनाउने सम्पूर्ण संघ संस्थालाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग र सहकार्यको अपेक्षा गर्नुभयो ।कार्यक्रममा वरिष्ठ समाजसेवी एवम् व्लर्ड डोनर्स एशोसियशन ललितपुरकी सदस्य तुलसीदेवी श्रेष्ठले ६५ पटक रक्तदान गर्नुभएको थियो । सोही अवसरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रेमराज बैद्यले मुटुको जाँच समेत गर्नुभएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest