‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्जको दोस्रो सृंखला घोषणा

काठमाडौं । वी विल राईज फाउण्डेशनले ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्जको दोस्रो सृंखला घोषणा गरेको छ । फाउण्डेशनले नेपाल भ्रमण बर्षलाई लक्षित गरि दोस्रो सृंखला घोषणा गरियको पत्रकार सम्मलेन मार्फत जानकारी गरायको छ ।

 प्रतियोगिहरुलाई डिसेम्बर १ देखी १ सय दिनको समय दिएर भिडियो पठाउन आग्रह गरेको छ । पहिलो सिजनको प्रतियोगिता सफलता पछी  फाउण्डेशनले दोस्रो सृंखलाको प्रतियोगिता घोषणा गरेका हुन । भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै उक्त प्रतियोगिता संचालन हुने  फाउण्डेशनका कार्यक्रम संयोजक प्रभात रिमालले जानकारी दिएका छन्  । प्रतियोगितामा लुकेर बसेका  महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, खानपान, कला संस्कृतिलगायतका विषयबस्तुमा आधारित हुनु पर्ने छ । भिडियो ५ मिनेटको हुनु पर्ने र छनौटमा परेका उत्कृष्ट १० ओटा भिडियोहरुलाई आगामी अप्रिलमा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्राप्त भिडियोहरुलाई उचित प्रचार प्रसार गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने विश्वास भ्रमण बर्षका संयोजकले बतायका छन् । बिभिन्न १० विधामा दिईने अवार्डका लागि ७० ओटा भिडियो मनोनयन गर्ने छ भने छनौटमा परेका उत्कृष्ट १० मध्ये प्रथम हुने भिडियोका लागि ५ लाख रुपैयाँ, दोस्रोलाई ३ लाख, तेस्रोलाई २ लाख र बाँकी ७ विधामा १/१ लाख रुपैयाँ पुरस्कार रहेको आयोजकले जनायको छ ।


You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest