हिमालयन् ह्वाइट वाटर च्यालेन्ज २०१९’ को उपाधि चेक रिपब्लिकलाई

भोटेकोशीमा भएको अन्तराष्ट्रियस्तरको ‘ हिमालयन् ह्वाइट वाटर च्यालेन्ज २०१९’ को उपाधि चेक रिपब्लिकले हात पारेको छ ।प्रतियोगीतामा चेक रिपब्लिकका होन्जा हावेले बिजयीको मेडल उचाले ।

मंसिर १० देखि १२ सम्म संचालन भयको प्रतियोगितामा स्लालेम,बोर्डरक्रस, डाउन रिभर रेस देखि स्प्रिन्ट र कर्पोरेट राफ्ट रेस गरी ५ विधाको स्पर्धा भएको थियो  नेपाल एसोसियशन अफ राफ्टिङ्ग अजेन्ट्स(नारा) को  आयोजनामा भएको अन्तराष्ट्रियस्तरको ‘ हिमालयन् ह्वाइट वाटर च्यालेन्ज २०१९’ मा  १५ देशका ८६ खेलाडी गाइड तथा एडभेन्चर पारखीले भाग लियका थिय।

‘वाटर च्यालेन्जमा प्रथम हुने होन्जा हबेले ५० हजार, द्वितिय हुने नेपालका सुरज गुरुङले ३० हजार र तृतिय हुने फ्रान्सका रेमोण्ड चिण्डनी टिटोभनलाई २० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरियको छ  । पर्यटन वर्ष २०२० लाई लक्षित गरेर अन्तराष्ट्रियस्तरको ‘ हिमालयन् ह्वाइट वाटर च्यालेन्ज २०१९’ आयोजना गरियको नाराका अध्यक्ष गंगा प्रसाद नेपालले बतायका छन् । प्रतियोगिता बिजेता खेलाडीलाई पूर्व मन्त्री तथा सांसद अग्नी सापकोटा, जनप्रतिनिधि, नारा र टानका प्रतिनिधिले पुरस्कार वितरण गरेका थिय ।

विश्वमा साना ठूला गरी ६ हजार नदीनाला रहेको र नेपालका भोटेकोशी र सुनकोशी नदि बिश्वका दश उत्कृष्ट नदी मध्ये सातौ स्थानमा पर्दछन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest