सुरेंद्रभक्त प्रधानाङ्ग लाई सम्मान तथा कदरपत्र प्रदान

गाउँ पर्यटन अबधारणाका जन्मदाता एबम काठमाडौँ रिसर्च सेन्टरका अध्यक्ष डा. सुरेंद्रभक्त प्रधानांगलाई एकता बचत तथा ऋण सहकारी संस्थाले सम्मान तथा कदरपत्र प्रदान गरेको छ ।एकता बचत तथा  ऋण सहकारी संस्थाको २२ औ साधारण सभामा प्रमुख अतिथि प्रदेश न.३ का प्रदेश संसद गणेश दुलालले डा. प्रधानाङ्गलाई सम्मान तथा कदरपत्र प्रदान गरेका हुन्।

पर्यटन अर्थविद प्रधानाङ्गलाई गाउँ पर्यटनको अबधारणा प्रतिपादन गरि देशको आर्थिक बिकासमा  महत्तोपुर्ण योगदान गरे बापत उक्त सम्मान गरियको हो । साधारण सभामा बोल्दै प्रधानांगले गाउँ पर्यटनको अबधारणा बारे प्रस्ट्याउनु भयको थियो ।एकता सहकारीले सहकारीको सिदान्त अनुसार सामाजिक बिकासका लागि अन्तरिक पर्यटन प्रबर्दन गर्न नेपाल भ्रमण वर्ष २०२० मा सामुदायिक गाउँ पर्यटनको विकास  गर्ने ध्यान दिनु पर्ने बताउनु भयो ।

एकता बचत तथा ऋण सहकारीका नब निर्बाचित अध्यक्ष प्रेम चन्द्र गिरिले ड. प्रधानाङ्गलाई बधाई दिदै सहकारीका माध्यमबाट देश बिकासमा सेवा गर्ने बताउनु भयो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest