विश्वकै अग्लो स्थान गोक्यो तालमा आइस हक्की र आइस स्केटीङ हुने

काठमाडौं । विश्वकै अग्लो सगरमाथा क्षेत्रको गोक्यो तालमा ‘आइस हक्की’ र ‘आइस स्केटीङ’ खेल हुने भयको छ ।जसका लागि १३ मुलुकका अन्तर्राष्ट्रिय ख्याती प्राप्त खेलाडी नेपाल आइपुगेका छन् ।उक्त खेलका बारेमा नेपाल भ्रमण बर्ष सचिबलायाले पत्रकार सम्मलेन गरि जानकारी गरायको हो ।

  नेपाल भ्रमण वर्षको सचिवालयले ‘भ्रमण वर्ष २०२०’ लाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न र नया पर्यटकीय गन्तव्य स्थापित गर्ने उद्धेश्यले गोक्यो तालमा हक्की र आइस स्केटिङ गर्न लागेको भ्रमण वर्षका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले जानकारी गराय। सगरमाथा क्षेत्रको गोक्यो तालमा फागुन २ मा मैत्रीपूर्ण आइस हक्की र स्केटिङ खेल हुने छ । उक्त खेलको सहयोगी संस्था टानका अध्यक्ष खुम सुबेदीले गोक्यो तालमा हुने आइस हक्की र आइस स्केटिङ्ले साहसिक खेल पर्यटनको प्रबर्दन हुने बताउनु भयो ।

उक्त खेलको बारेमा र खेलाडीको बारेमा जानकारी गराउदै सगरमाथा आरोही दावा स्टेभेन शेर्पाले बिश्व प्रशिद्द खेलाडीले गोक्यो तालमा अध्यन गरि स्केटिंङ्को अटम सिजनमा राम्रो सम्भावना रहेकोले साहसिक खेल पर्यटनको नया उत्पादन हुने बताय।

गोक्यो ताल ४७९० मि. उचाईमा अबस्थित छ ,एस खेलले बिश्वको अग्लो स्थानमा भयको आइस हक्की र स्केटिंगको नया किर्तिमान कायम हुनेछ।  

सगरमाथा क्षेत्रमको गोक्यो तालमा फागुन २ देखि हुने स्केटिङका लागि उनीहरु नेपाल आइसकेका छन् । उनीहरुसहित १३ मुलुकका अन्तर्राष्ट्रिय खेलाडी आइस हक्की र आइस स्केटीङमा सहभागी हुने भ्रमण वर्ष सचिवालयले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest