परिबर्तनका लागि एकता नारा सहित मिहिका टिमको उम्मेदवार परिचय

काठमाडौँ पौष २७

 माघ ३ गते (जनवरी १७) मा हुन गईरहेको निर्वाचनका लागी मनोनयन दर्ता गरेका अध्यक्षका उम्मेदवार मिहिका शाह समुहले आज  पत्रकार सम्मलेन गरि उम्मेदवार परिचयात्मक कार्यक्रम गरेको छ । 

मिहिका शाह समुहको बरिष्ठ उपाध्यक्षमा नारायण गुरुङ कोने ,उपाध्यक्षमा रमेश थापा  ,महासचिबमा कमला गुरुङ ,सचिबमा अमृत कुमार ढकाल ,कोषाध्यक्षमा देविका गुरुङ ,सहकोषाध्यक्षमा फुडोमा शेर्पा  छन । त्यस्तै सदस्यहरुमा बिष्णु बस्नेत ,विजय राई ,सुजिता गजमेर रसाइली,सिर्जना महर्जन, सागर अधिकारी, राजकुमार देवकोटा ,भरतजंग पाण्डे,सुबास महर्जन रहेका छन ।

अध्यक्षका प्रत्यासी  मिहिका शाह धाख्वाले  आफु नाट्टा कार्यसमितिको महासचिब रहेर काम गरिसकेको र आफ्नो टिममा अनुभबी साथीहरु रहेको भन्दै आफुले नाट्टामा परिबर्तन आवश्यक ठानेर अध्यक्षमा उम्मेदवारी दियको बताइन राजनीति भन्दा माथि ब्यबसायलाई राखेर अन्तर्राष्ट्रिय क्षत्रमा नेपालको पर्यटन गर्ने बताईन ।कार्यक्रममा महासचिवकि उम्मेदवार कमला गुरुङले नाट्टालाई अझ उचाईमा लान मिहिका शाह धाख्वाको टिम सफल हुने भन्दै सबै नाट्टा सदस्यलाई मत दिएर निर्बाचित गराउन आग्रह गरिन। पत्रकार सम्मेलन मार्फत मिहिका समुहले आफ्नो प्रतिबद्दतापत्र समेत सार्बजनिक गरेको छ। मिहिका टिममा अध्यक्ष सहित ४ जना पदाधिकारी र २ जना सदस्य गरि ६ जना महिला सदस्य रहेका छन्   
 

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest