नाट्टा निर्बाचनमा अच्युत गुरागाईं समुहको उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न

काठमाडौँ , नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) को आगामी माघ ३ गते (जनवरी १७) मा हुन गईरहेको निर्वाचनका लागी मनोनयन दर्ता गरेका अध्यक्षका उम्मेदवार अच्युत गुरागाईं  समुहले पौष २५ गते पत्रकार सम्मलेन गरि उम्मेदवार परिचयात्मक कार्यक्रम गरेको छ । 

गुरागाईं समुहको बरिष्ठ उपाध्यक्षमा हेमराज बास्तोला ,उपाध्यक्षमा यज्ञमूर्ति आचार्य ,महासचिबमा राकेश धमला ,सचिबमा गोबिन्द दाहाल ,कोषाध्यक्षमा कुमारमणि थपलिया ,सहकोषाध्यक्षमा पासाङदावा शेर्पा  छन । त्यस्तै सदस्यहरुमा परशुराम घिमेर ,नमराज भेटुवाल र रमेश थापा रहेका छन ।

अध्यक्षका प्रत्यासी  अच्युत गुरागाईंले आफु लामो समय नाट्टा कार्यसमितिमा विभिन्न पदमा रहेर काम गरेको भन्दै एक पटक अध्यक्ष रहेर काम गर्न चाहेकोले सबै सदस्यहरु लाई आफ्नु समुहलाई मत दियर सहयोग गर्न आग्रह गरे ।कार्यक्रममा महासचिवका उम्मेदवार राकेश धमला र कोषाध्यक्षका उम्मेदवार कुमारमणि थपलियाले नाट्टामा गयर नाट्टाको हितमा काम गर्न चाहेको बताय।
 

कार्यक्रममा नाट्टाका वर्तमान अध्यक्ष सी. एन पाण्डे,पूर्व अध्यक्ष ध्रुब नारायण श्रेष्ठ,भोला थापा, टानका पूर्व अध्यक्ष दीपक महत,नेपाल पर्बतारोहन संघका पूर्व अध्यक्ष आङछिरिंङ्ग शेर्पा  लगायत पर्यटन ब्यबसायीहरुको उपस्थिति रहेको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest