जनकपुरधामको दर्शन –डा.सुरेन्द्र भक्त प्रधानांङ्ग

जनकपुरधाम पर्यटकीय दृष्टिले आकर्षण केन्द्रको रुपमा देखिएको छ । जानकी माताको जन्मस्थल आनन्दमय छ । यसलाई अर्को अर्थमा धार्मिक पर्यटनको क्षेत्र भन्न सकिन्छ । राजा जनकको दरबार पनि सोभायमान छ ।

रामायण कालमा निर्मित राजा जनकको दरबार अत्यन्त पौराणिक एबम एतिहासिक रहेको छ । तत्कालिन मिथिला कला र संस्कृतिले भरिएको दरबार आजसम्म बिस्व प्रख्यात  छ । अयोध्याका राजा दशरथका पुत्रको रुपमा अवतरित भगवान श्रीरामले सितसंग बिबाह गर्नु भएको थियो ।

सिता -राम को बिबाह मण्डप पनि दृश्याबलोकन गर्न योग्य रहेको छ।अयोध्या बाट आएको जन्ती बाह्र बिगामा बसेको अझै ताजा देख्न पाईन्छ ।जनकपुरधाम मन्दिरै मन्दिरले भरिएको छ  ।राम मन्दिर,लक्ष्मण मन्दिर,स्वर्गद्वारी जलेश्वर महादेव,बाबा भूतनाथ महादेव आदि छन् । यहाँको बिशेस आकर्षण धनुशाधम,मिथिला कला ,गंगा आरति,होलि पर्ब,छात पुजा,बिबाह पंचमी आदि रहेका छन् ।दुइ दिनको प्याकेज टुरका रुपमा जनकपुरधाम आनन्द संग भ्रमण  गर्न सकिन्छ । हवाईजहाज र सडक मार्ग भएर जनकपुरधामको सुविधायुक्त यात्रा गर्न सकीन्छ । स्तरीय होटल तथा मिथिला थालीको खाना बिशेस आकर्षण मानिन्छ । मिथिला थालीमा शेफ सन्तोष शाहद्वारा निर्देशित खानाको परिकार स्वादिस्ट र बिशेस छ ।

जनकपुरधामको केन्द्रिय आकर्षण जानकी मन्दिर (नौलखा मन्दिर )नै हो । यो मन्दिर मुगल तथा राजपुत कालिन कला कौशल तथा ढुंगा मार्बल  बाट निर्मित भएको हो  । यस क्षेत्रमा भारतका प्रधानमन्त्री नारेंद्र्मोदी जनकपुरधाममा बरोबर आएर माता सित रामको दर्शन र राजा जनकको दरबार अबलोकन गर्ने हुनाले नेपाल र भारतको सांस्कृतिक सम्बन्ध र हिन्दु धर्म र परम्परालाई बढावा दिएको छ ।  प्रधानमन्त्री मोदी  ब्राम्ह ज्ञानी हुनाको कारण अध्यात्मिक चिन्तन र ध्यान साधनामा मन लगाउनु हुन्छ ।भगवान श्री कृष्णले पनि जनकपुरधाम तिन पटक पुग्नु भई माता सित राम को महिमा अबलोकन गर्नु भएको बताइएको छ । श्रदालु भक्तजनहरु माता सित रामको दर्शन गर्न बार्षिक लाखौको संख्यामा जनकपुरधाम जाने गर्दछन । हामी पनिजनकपुरधाम गइ  माता सित- राम तथा  राजा जनकको गाथा स्मरण एबम चिन्तन गरौ ।

जय सिया राम ।    

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest