नेपाल भ्रमण बर्ष २०२० सबै नेपालीको साझा अभियान : योगेश भट्टराई

नेपाल भ्रमण बर्ष २०२० बर्ष सफल बनाउन नेकपा समर्थित ब्यबसायीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि योगेश भट्टराईले नेपाल भ्रमण बर्ष २०२० सबै नेपालीको साझा अभियान भयको बतायका छन् ।

भ्रमण बर्ष २०२० नेपालको पर्यटन बिकासको आधारशिला भयको र पर्यटन पूर्वाधार विकासमा फड्को मारेर एक दसकको पर्यटन अभियानको आयोजना गरि सन् २०३० मा ५० लाख भन्दा बडी पर्यटक भित्र्याउने लक्ष्य सहित सरकार अघि बढ्ने बताउनु भयो । सन् २०२० जनवरी १ तारिक रास्ट्रपतिबाट भब्य समारोहका बीच नेपाल भ्रमण बर्ष २०२० को उद्घाटन हुने र उक्त समारोहमा १० औ लाखको संख्यामा पर्यटन ब्यबसायीहरुको उपस्थिति गरायर भ्रमण बर्षलाई पर्वको रुपमा मनाउन आग्रह गर्नु भयो ।

कार्यक्रममा नेकपा निकट पर्यटन ब्यबसायी संघ संस्थाका प्रतिनिधि तथा पर्यटन ब्यबसायीहरुकोउपस्थिति थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest