काठमाडौं ।नेपाल भ्रमण बर्ष २०२० को उद्घाटन नजिकिदै गर्दा भ्रमण वर्ष सचिबालय र सरोकारवाला निकाय बीच भ्रमण बर्ष सफल बनाउन सम्झौता गर्ने क्रम बढेको छ ।हालै अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक कम्पनी टर्किस एयरलाइन्स र नेपाल भ्रमण बर्ष २०२० सचिबालय बीच सम्झौता भयको छ। नेपाल भ्रमण वर्षलाई सफल बनाउनका लागि टर्किस एयरलाइन्सले प्रबर्दनात्मक सहयोग गर्ने भयको छ ।
नेपाल भ्रमण वर्ष २०२० को सचिवालय र एयरलाइन्सबीच भएको समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा टर्किस एयरलाइन्सले सहयोग गर्ने प्रतिबद्धता जनायको हो। सम्झौता पत्रमा भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज वैद्य र एयरलाइन्सका कन्ट्री मेनेजर अब्दुल्लाह टन्सर केचेचीले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।
हस्ताक्षर पश्चात नेपाल भ्रमण वर्ष २०२०लाई मध्यनजर गर्दै टर्किस एयरलाइन्सले युरोपमा आयोजित विभिन्न पर्यटन मार्ट कार्यक्रममा नेपालको पर्यटनको प्रबर्दन गर्ने कम्पनीका कन्ट्री म्यानेजर अब्दुल्लाह टन्सर केचेचीले बताए टर्किस एयरलाइन्सले ६ वर्षदेखि युरोप–नेपाल–युरोप उडान गर्दै आइरहेको र हाल ४३ वटा यूरोपेली मुलुकमा उडान गर्दै आयको उनले बताय ।
हवाई क्षेत्रको सुधार आबस्यक रहेको भन्दै पश्चिमा मुलुकबाट नेपाल सिधा उडान गर्दै आएको एक मात्र वायुसेवा कम्पनी टर्किस एयरलाइन्ससँगको सम्झौताले मुलुकमा विभिन्न देशबाट आउने पर्यटकको संख्यामा बृदी हुने भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यले बताए ।नेपाल अन्य मुलुकको तुलनामा महँगो उडान गन्तब्य रहेको भन्दै विमानस्थल सुदृढीकरण, न्यून भाडादर, न्यून हवाई इन्धन दर लगायतका कुरामा ध्यान दिनुपर्ने उनले बताएका छन् ।