पाटा नेपलमा नया कार्यसमिति, अध्यक्षमा विभूतिचन्द ठाकुर

पाटा नेपाल च्याप्टरको ४३ औ बार्षिक  साधारण सभाबाट नयाँ कार्यसमिति चयन भयको छ । प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४३ औ बार्षिक  साधारण सभाले हिमालयन होलिडेज ट्रेकिङ्गका विभूतिचन्द ठाकुरको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिमा निर्वतमान अध्यक्ष सुनीलशाक्य, प्रथम उपाध्यक्ष दीपक राज जोशी (नेपालपर्यटन बोर्ड) द्धितिय उपाध्यक्ष टङकनिधि दाहाल (नेपालवायुसेवानिगम)  महासचिवशिवप्रसाद ढकाल (रोयल माउन्टेन ट्राभल) र कोषाध्यक्ष खेम लकाई (गेट कलेज) रहेका छन ।

त्यसैगरी, कार्यसमितिमा ४ वटा पदेन सदस्यहरु रहने प्राबधान अनुरुप पर्यटन बिभागका महानिर्देशक डण्डुराज घिमिरे , महानिर्देशक राजनपोखरेल (नागरिक उड्यनप्राधिकरण), कृष्णगोपालजोशी (नेपालवायुसेवानिगम),  र श्रदा क्षेष्ठ (नेपालपर्यटन बोर्ड) का साथै ७ सदस्यहरु क्रमशः नरेन्द्रदेव भट्ट (हेरिटेज टूर्स एन्ड ट्राभल्स), अब्दुल्ला टन्सर केससी (ट्रकिस एयरलाइन्स), रित्तल राना (मिडभ्याली इन्टरनेश्नलकलेज),टासी गुरुङ्ग (हिमालयन कैलास ट्राभल्स एण्ड ट्रर्स), मन्जनीश्रेष्ठ (समिट एयर), टिका राम सापकोटा (नेपालभ्याकेसन) र रामबाराकोटी (हाइकिङ एडभेन्चर ट्रेक्स) रहेका छन ।पाटा नेपालले कार्यसतिमा लाक्पाफुटी शेर्पा (लग्क्जरी डिएमसी), सुनीलकुमार भुसाल –प्रिमियर होटल स्कुल), लिला भण्डारी ( गोइङ नेपाल), सञ्जयभक्तमाथेमा –एसडियू ट्राभल), पृथ्वीश्रेष्ठ (नेपालखाजे ट्राभल) र कूलप्रसाद सुवेदी –हिमालयन स्माइल ट्रेक्स) सहित बैकल्पिकपदाधिकारी तथा सदस्यहरु समेत चयन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष विभूति चन्द ठाकूरले पाटा नेपाल च्याप्टरको अध्यक्ष पदमा निर्वाचित हुनु एउटा गर्वको विषय भएको बताउदै आगामि दिनमा पर्यटन क्षेत्रका सरोकारवाला निकायहरुसंग सहकार्य तथा समन्वय गरी नेपालको पर्यटन क्षेत्रको विकास र प्रबर्दनमा आफुले सक्रिय भुमिका निर्वाह गर्ने प्रतिबद्ता ब्यक्त गर्नु भयो । नेपाल सरकारको समृद् नेपाल सुखी नेपालीको अभियानलाई पर्यटन मार्फत उजागर गर्न पाटाले मानव संशाधन विकास र पर्यटन स्रोतको खोज पहिचान र ‘प्रोडक्ट डेभलपमेन्ट तथा सेवा स्तरीकरण का साथै  पर्यटन सम्बन्धीनीतिगत सुधार र हवाई क्षेत्र तथा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको सवलीकरण जस्ता कार्यमा लाग्ने बताउनुभयो ।

कार्यक्रमको औपचारिक समारोहबीचवरिष्ठ पर्यटन व्यवसायी रवीन्द्रराज पाण्डेलाई नेपालको पर्यटन क्षेत्रको बिकासमा अतुलनीय योगदान गरेको प्रति उच्च मूल्याङ्कन गदै “पाटा पर्सनालिटी अफ द ईयर २०१९” अवार्ड द्वारा सम्मान गरियको छ । त्यसैगरी पाटा नेपालले मिड भ्याली इन्टरनेश्नल कलेजलाई “बेष्ट स्टुडेन्ट च्याप्टर अफ द एयर २०१९” पुरस्कार समेत प्रदान गरेको छ ।

कार्यक्रममा निर्वतमानअध्यक्ष सुनीलशाक्यले  आफ्नो दुई वर्षे कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संघसंस्थालाई घन्यवाद ज्ञापन गर्दे नेपालको दिगो पर्यटन विकासकालागि सबै एकभई कार्य गर्नुपर्नेमा जोड दिनु भयो ।

साधारण शभालाई सम्बोधनगर्दै, पाटा अन्तर्राष्ट्रियका सिईओ डा मरिओ हार्डीले पाटा नेपाल च्याप्टर को प्रभावकारी कार्यहरु को प्रशंशागर्दै २०२० का लागी पाटाले “कोलाबोरेशन फर टुमरो“ मूल नारा लाई दिगो पर्यटन बिकासकालागी रणनीतिक आभियनलाई  सफल बनाउन लाग्नु पर्ने बताउनु भयो ।

पाटा नेपालका  प्रथम उपाध्यक्ष तथा नेपालपर्यटन बोर्डका  सिईयो दीपकराज जोशीले सुनिल  शाक्यको अध्यक्षतामा पाटा नेपाल च्याप्टरले एक सफल एवम उपलव्धिपूर्ण कार्यकाल सम्पन्न गरेकोमा बधाई दिदै नेपाल पर्यटन बोर्ड निजी क्षेत्रसंग सहकार्य र समन्वय गरी आगाडी बढ्ने बताउनुभयो।

कार्यक्रममा आमन्त्रित प्रमुख वक्ता स्टु लियोडले नेपालको पर्यटन क्षेत्रका  सरोकारवालाहरुले आफ्ना अतिथि पर्यटकहरुलाई लाईफटाईम एक्सपिरियन्स प्रदान गर्न अपनाउनु पर्ने डिजाईन थिङकिङ अभ्यासहरुका वारेमा प्रस्तुतिकरण पेश गदैं नेपाललाई लाईफटाईम एक्स्पिरियन्सको गन्तव्यको रुपमा स्थापितगर्न गर्नु पर्ने आवश्यक कार्यहरुको बारेमा ध्यानकार्षण गराउनु भयको थियो ।

कार्यक्रममा भ्रमण वर्ष कार्यक्रम संयोजक सुरज वैधले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गदैं पाटाले निरन्तर रुपमा भम्रण वर्ष अभियानप्रति प्रस्तुत गरेको सहकार्य र सहयोगको लागि धन्यवाद व्यक्तगर्नु भयो र पाटाको सहकार्यमा आयोजना गरिने नाईस कार्यक्रम र त्रिभूवनअन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटन विधार्थीहरुलाई स्वयम सेवकको रुपमा परिचालन गर्ने कार्यक्रम भ्रंमण वर्ष सफलबनाउन महत्वपूर्ण हुने बताउनु भयो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest